४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना कहर : ब्रिटेनमा पनि प्रतिबन्ध, २ जनाभन्दा बढी भेला हुन नपाउने



बिबिसी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि प्रतिबन्धहरुको घोषणा गरेका छन् ।

ब्रिटेनका मानिसहरुलार्य घरमै बस्न भनिएको छ । यद्यपी अत्यावश्यक सामग्रीको खरिद, मेडिकल तथा अन्य अनिवार्य कामका लागि भने बाहिर निस्कन छुट दिइएको छ ।

अत्यावश्यकबाहेकका पसलहरु बन्द गर्न भनिएको छ । त्यसै गरी सार्वजनिक स्थानमा दुईजनाभन्दा बढी भेला नहुन निर्देशन दिइएको छ ।

प्रधानमन्त्री जोनसनले यी पाबन्दीहरु अनिवार्य रुपमा पालन गर्न आग्रह गर्दै अन्यथा जरिवाना गरिने बताएका छन् । उनले लाइब्रेरी, खेल मैदान, आउटडोर जिम तथा धार्मिक स्थल बन्द गर्न निर्देशन दिएका छन् ।

व्यायामका लागि पार्क खुला रहने भए पनि समूहमा जम्मा हुन भने निषेध गरिएको छ । विवाह रोकिएको छ । प्रधानमन्त्री जोनसनले तीन हप्तापछि प्रतिबन्धहरुका सम्बन्धमा समीक्षा हुने जनाएका छन् ।

Boris Johnson #StayHomeSaveLives

@BorisJohnson

Please join me for an important update on

Embedded video

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको