७ चैत्र २०८२, शनिबार | March 22, 2026

कोरोनाले साढे १६ हजार बढीको ज्यान लियो, ३,७८,८०० बढी संक्रमित



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा १ सय ९५ मुलुकमा फैलिएको कोरोना भाईरसले अहिलेसम्म १६ हजार ५ सय १२ को मृत्यु भैसकेको छ ।

त्यस्तै ३ लाख ७८ हजार ८ सय ४६ जना संक्रमित भएका छन । त्यस्तै एक लाख २ हजार ६४ जना निको भैसकेका छन । कोरोनाको उद्गम मुलुक चीन भन्दा ईटालीमा दोब्बर बढी संख्यामा मानिसहरुको मृत्यु भएको छ । जसअनुसार ईटालीमा अहिलेसम्म ६ हजार ७७ जनाको मृत्यु भएको छ भने, संक्रमितहरुको संख्या ६३ हजार ९ सय २७ पुगेको छ । ७ हजार ४ सय ३२ जना निको भैसकेका छन ।

त्यस्तै चीनमा ३ हजार २ सय ७७ को मृत्यु भएको छ भने ८१ हजार १ सय ७१ जना संक्रमित रहेका छन । ७३ हजार १ सय ५९ जना निको भएका छन ।

त्यस्तै स्पेनमा २ हजार ३ सय ११ जनाले ज्यान गुमाएका छन भने ३५ हजार १ सय ३६ मा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ईरानमा १ हजार ८ सय १२ जनाको मृत्यु भएको छ भने २३ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । फ्रान्समा ८ सय ६० को मृत्यु हुँदा अमेरिकामा ५ सय ५३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : १० बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा