४ पुस २०८२, शुक्रबार | December 19, 2025

यस्तो छ बुटवलको लकडाउन (फोटो फिचर सहित)



बुटवल । सरकारले मंगलबारदेखि लागूू गरेको लकडाउनको प्रदेश नम्बर पाँचको राजधानी बुुटवल लगायत यस आसपासका जिल्लामा पूूर्ण रुपमा पालना गरिएको छ ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९)बाट सर्तक रहन सरकारले मंगलबार बिहान ६ बजेदेखि एक सातासम्मलाई लकडाउन गर्ने निर्णय सोमबार साँझ गरेको हो । लकडाउन भएसँगै प्रदेश ५ को राजधानी बुटवल पनि सुनसान भएको छ ।
प्रेस, एम्बुलेन्स, खानेपानी, दूध, अस्पतालका सवारी साधन, प्रहरी, शव बाहन सवारी साधन मात्र सडकमा गुडेका छन् ।

प्रहरीले चोक–चोकमा चेकिङ कडाई गरेको छ भने सडकमा देखिएका मानिसहरूलाई घर भित्रै बस्न आह्वान गरिरहेको छ । कतिपय अटेर गरी सवारी साधन हुईकाएको समेत पाइएपछि चेकिङलाई कडाई गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । भट्टराई आफै सडकमा बसेर चेकिङ्ग गरीरहनुभएको छ ।

रुपन्देहीबाट प्रकाशित हुुने राष्ट्रिय दैनिक अधिकाशं पत्रपत्रिकाहरु पनि बन्द भएका छन । पत्रिकाहरुले अनलाइनबाट पाठकलाई सुुचना दिएका छन् ।

देशकै दोस्रो ठूूलो बेलहिया नाका प्रहरीले सोमबार १० बजेदेखि पूूर्ण रुपमा बन्द गरेको छ । नाकामा सोमबार दिनभर रोकिएका ५ सय भन्दा बढी नेपालीलाई सरकारले नेपाल प्रवेश गर्न दिन आग्रह गरेपछि नेपाल आएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडगबहादुुर खत्रीले लक डाउन कार्यान्वनमा रहेको बताउनुभयो । बेलहिया नाकाबाट इन्धन र अन्य मालबहाक सवारी साधान सहज रुपमै नेपाल आएको बताउनुभयो ।

बजार पूर्णरूपमा ठप्प छ भने निजी अस्पताल, फार्मेसी पनि सुनसान छन् । भित्री सडकमा भने केही फाट्फुटट मोटरसाईकल चलेका छन् ।

(फाेटाे फिचर)

 

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको