७ चैत्र २०८२, शनिबार | March 22, 2026

यस्तो छ बुटवलको लकडाउन (फोटो फिचर सहित)



बुटवल । सरकारले मंगलबारदेखि लागूू गरेको लकडाउनको प्रदेश नम्बर पाँचको राजधानी बुुटवल लगायत यस आसपासका जिल्लामा पूूर्ण रुपमा पालना गरिएको छ ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९)बाट सर्तक रहन सरकारले मंगलबार बिहान ६ बजेदेखि एक सातासम्मलाई लकडाउन गर्ने निर्णय सोमबार साँझ गरेको हो । लकडाउन भएसँगै प्रदेश ५ को राजधानी बुटवल पनि सुनसान भएको छ ।
प्रेस, एम्बुलेन्स, खानेपानी, दूध, अस्पतालका सवारी साधन, प्रहरी, शव बाहन सवारी साधन मात्र सडकमा गुडेका छन् ।

प्रहरीले चोक–चोकमा चेकिङ कडाई गरेको छ भने सडकमा देखिएका मानिसहरूलाई घर भित्रै बस्न आह्वान गरिरहेको छ । कतिपय अटेर गरी सवारी साधन हुईकाएको समेत पाइएपछि चेकिङलाई कडाई गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । भट्टराई आफै सडकमा बसेर चेकिङ्ग गरीरहनुभएको छ ।

रुपन्देहीबाट प्रकाशित हुुने राष्ट्रिय दैनिक अधिकाशं पत्रपत्रिकाहरु पनि बन्द भएका छन । पत्रिकाहरुले अनलाइनबाट पाठकलाई सुुचना दिएका छन् ।

देशकै दोस्रो ठूूलो बेलहिया नाका प्रहरीले सोमबार १० बजेदेखि पूूर्ण रुपमा बन्द गरेको छ । नाकामा सोमबार दिनभर रोकिएका ५ सय भन्दा बढी नेपालीलाई सरकारले नेपाल प्रवेश गर्न दिन आग्रह गरेपछि नेपाल आएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडगबहादुुर खत्रीले लक डाउन कार्यान्वनमा रहेको बताउनुभयो । बेलहिया नाकाबाट इन्धन र अन्य मालबहाक सवारी साधान सहज रुपमै नेपाल आएको बताउनुभयो ।

बजार पूर्णरूपमा ठप्प छ भने निजी अस्पताल, फार्मेसी पनि सुनसान छन् । भित्री सडकमा भने केही फाट्फुटट मोटरसाईकल चलेका छन् ।

(फाेटाे फिचर)

 

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : १५ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा