७ चैत्र २०८२, शनिबार | March 22, 2026

लमजुङको जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिकमा कोरोनाको शंका, टेकु अस्पताल रिफर



लमजुङ । लमजुङको निर्माणाधीन दोर्दी खोला जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिकलाई कोरोना भाइरसको संक्रमणको शंका गरिएको छ ।

ज्वरो आएपछि चेकजाँचका लागि मंगलबार वेंशी शहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याईएका ती युवकमा कोरोनासँग लक्षण देखिएपछि मिलेपछि संक्रमणको शंका गरिएको हो ।

बिहान ११ बजे अस्पताल ल्याइएको ती युवकमा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्नेजस्ता लक्षण देखिएको अस्पतालका प्रसाशीय प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । कोरोनाको शंका गरेसँगै ती युवकलाई काठमाडौंस्थित टेकु अस्पतालमा रिफर गरिएकोे श्रेष्ठले बताउनुभयो ।

निर्माणधीन २७ मेगावाट क्षमताको जलविद्युत आयोजनामा काम केही वर्षदेखि काम गर्दै आएका ती युवक होलीका बेला करिब १० दिन भारत गई फर्किएका थिए । उनीसहित आयोजनाका पाँचजना कामदार पनि होली मनाएर फर्किएका छन् ।

आयोजना आजदेखि अनिश्तिकालका लागि निर्माण कार्य बन्द गरिएको आयोजनाको साइट इन्चार्ज दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : २५ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा