२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

लमजुङको जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिकमा कोरोनाको शंका, टेकु अस्पताल रिफर



लमजुङ । लमजुङको निर्माणाधीन दोर्दी खोला जलविद्युत् आयोजनामा कार्यरत भारतीय नागरिकलाई कोरोना भाइरसको संक्रमणको शंका गरिएको छ ।

ज्वरो आएपछि चेकजाँचका लागि मंगलबार वेंशी शहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याईएका ती युवकमा कोरोनासँग लक्षण देखिएपछि मिलेपछि संक्रमणको शंका गरिएको हो ।

बिहान ११ बजे अस्पताल ल्याइएको ती युवकमा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्नेजस्ता लक्षण देखिएको अस्पतालका प्रसाशीय प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । कोरोनाको शंका गरेसँगै ती युवकलाई काठमाडौंस्थित टेकु अस्पतालमा रिफर गरिएकोे श्रेष्ठले बताउनुभयो ।

निर्माणधीन २७ मेगावाट क्षमताको जलविद्युत आयोजनामा काम केही वर्षदेखि काम गर्दै आएका ती युवक होलीका बेला करिब १० दिन भारत गई फर्किएका थिए । उनीसहित आयोजनाका पाँचजना कामदार पनि होली मनाएर फर्किएका छन् ।

आयोजना आजदेखि अनिश्तिकालका लागि निर्माण कार्य बन्द गरिएको आयोजनाको साइट इन्चार्ज दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : २५ बजे

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

पोखरा । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला

अझै केही दिन देशभर तापक्रम बढ्ने, यस वर्ष बर्षा पनि कम हुने

काठमाडौं । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले