४ पुस २०८२, शुक्रबार | December 19, 2025

सीमा नाकामा अलपत्र परेकालाई ससर्त आउन दिने सरकारको निर्णय



काठमाडौ । सरकारले लकडाउनका कारण नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई ससर्त नेपाल आउने दिने निर्णय गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा नेपाल आउन दिने निर्णय गरेको छ ।

यो अन्तिमपटकका लागि निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

‘अन्तिम पटकका लागि आज आउन दिने निर्णय भएको छ,’ उहाले भन्नुभयो, ‘तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’

भारतबाट आएका ठूलो संख्यामा नेपालीहरु सीमा क्षेत्रमा अलपत्र परेको छन् । तीमध्ये गड्डाचौकी नाकामा रोकिएका नेपालीका कारण त्यहाँ तनाव समेत भएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको