३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सीमा नाकामा अलपत्र परेकालाई ससर्त आउन दिने सरकारको निर्णय



काठमाडौ । सरकारले लकडाउनका कारण नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई ससर्त नेपाल आउने दिने निर्णय गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा नेपाल आउन दिने निर्णय गरेको छ ।

यो अन्तिमपटकका लागि निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

‘अन्तिम पटकका लागि आज आउन दिने निर्णय भएको छ,’ उहाले भन्नुभयो, ‘तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’

भारतबाट आएका ठूलो संख्यामा नेपालीहरु सीमा क्षेत्रमा अलपत्र परेको छन् । तीमध्ये गड्डाचौकी नाकामा रोकिएका नेपालीका कारण त्यहाँ तनाव समेत भएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : ०६ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका