१ बैशाख २०८३, मंगलबार | April 15, 2026

सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउनु नपर्ने



काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउने नपर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सम्भावित सङ्क्रमितलाई सम्बन्धित अस्पतालले व्यक्तिलाई आइसोलेसनमा राखेर सिफारिस (रिफर) नगरी कोभिड–१९ को नमूना परीक्षण गर्न मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिइएको बताउनुभयो ।

उहाले हालसम्म कूल ६१० को नमूना परीक्षण भएकोमा दुईको कोभिड–१९ पोजेटिभ देखिएकामा एक जना उपचारपछि फर्किएको र हाल एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत भइरहेको जनाउनुभयो । हाल सो अस्पतालमा १६ जना सङ्क्रमित भएको आशङ्कामा रहेकोमध्ये पाँच जना आइसोलेसन र १० जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रवक्ता डा देवकोटाले सम्भावित सङ्क्रमणको प्रक्षेपणको दायरालाई बढाउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल र वीरअस्पतलामा चाँडै नै नमूना परीक्षणको प्रबन्ध गरिने जानकारी दिनुभयो । फ्रान्सबाट कतार हुँदै गतसाता काठमाडाैं आएका १९ वर्षीया एक युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि उहाका परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको भने उनीसँगै सवार व्यक्ति पनि सम्पर्कका आई क्वारेन्टाइनमा जाने क्रम शुरु भएको छ ।

यसैगरी मन्त्रालयको कलसेन्टरमा पाँच हजार २३१ ले सम्पर्क गरी कोभिड–१९ को बारेमा जानकारी लिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले सम्बन्धित अस्पतालमा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ) पठाउन क्रम शुरु गरिएको जानकारी दिनुभयो । उहाले बजारमा लुकाई राखिएका पिपिइलाई खोजी र नयाँ उत्पादन गरी आवश्यकताका आधारमा अस्पतालमा पठाइने बताउनुभयो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ९ : २० बजे

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पोखरा । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा