५ पुस २०८२, शनिबार | December 20, 2025

अमेरिकामा ज्यान गुमाएका लिम्बुका छोरा पनि सिकिस्त, अस्पतालको इमर्जेन्सीमा भर्ना



न्युयोर्क । गएराती न्युयोर्कको एल्महस्र्ट अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका अनिल लिम्बुका छोरा पनि सिकिस्त भएका छन् । २२ बर्षका जेठा छोरा सिकिस्त बिरामी भएपछि आजै एम्बुलेन्स आएर एल्महस्र्ट अस्पतालमा लगेको छ । उनलाई दिउसोदेखि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

परिवारका अन्य सदस्यहरु भने घरमै आराम गरिरहेका छन् । जेठा छोरालाई केहीदिन देखि नै संक्रमणको लक्षण देखिएपनि आज सिकिस्त भएपछि अस्पतालमा भर्ना गरिएको हो । सुरुमा ज्वरो आउने, खोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएकोमा आज स्थीति बिग्रदै गएपछि अस्पतालमा भर्ना गरिएको हो ।

यसैबीच अर्का एकजना ६० बर्ष काटेका नेपालीमा पनि कोरोना संक्रमणको लक्षण देखिएपछि केहीदिनदेखि एल्महस्र्ट अस्पतालमा भर्ना गरिएको जनाइएको छ । तर उनको कोरोना परीक्षणको रिपोर्ट आए नआएको जानकारी भने प्राप्त भएको छैन ।

न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण भएको पुष्टी भएपछि एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको छ ।

पारिवारिक श्रोतका अनुशार सुरुमा ज्वरो आएपछि उनी प्राइमरी केयर डाक्टरकोमा गएका थिए र चारदिनपछि फ्लोअपमा बोलाएको थियो । चारदिन पछि फ्लोअपमा बोलाएर एन्टीबायोटिक औषधी दिएको थियो तर एन्टीबायोटिक औषधी खाइसकेपछि झन् च्यापेपछि उनीहरु हिडेरै ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सीटीएमडीमा गएका थिए ।

त्यहाँ गएर चेक गर्दा अक्सिनको लेभल कम देखिएको र निमोनियाको संक्रमण भएको बताएको थियो । सीटीएमडीले अस्पताल जान रिफर गरेपछि उनीहरु हिडेरै एल्महस्र्ट अस्पताल गएका थिए ।

अघिल्लो शनिबार एल्महस्र्ट अस्पतालमा उपचारका लागि गएकोमा अस्पतालमा भर्ना गरेको थियो । उनकी श्रीमतिले भनिन् त्यसपछि हाम्रो फोनमा कुरा भइरहेको थियो । स्वासप्रश्वासमा अलिअलि समस्या भएको थियो तर सोमबार विहान फोन गर्दा फोन नै लागेन । त्यसपछि म आत्तिएँ । दिउसो सम्म कुर्दा पनि फोन नलागेपछि म आफै अस्पताल गएँ ।

अस्पतालमा जाँदा अर्को तलामा लगेको बताएको र भेट्न जान नदिएको उनले बताइन् । फोन गर्नका लागि नम्बर दिएपछि फोन गरेर भेट्न जाँदा भेन्टिलेटरमा राखिसकेको थियो ।

मंगलबार दिउसो फोन गर्दा अक्सीजन लेभल माथि आएको बताएको र बुधबार फोन गर्दा कम भएको बताएको उनले बताइन् । विहिबार कोरोना संक्रमणको पुष्टी भएपछि अस्पतालले नशाबाट दिने सेन्टरलाइन औषधी चलाउनका अनुमति मागेको र आफूहरुले परिवारमा सल्लाह गरेर उक्त औषधी चलाउन अनुमति दिएको श्रीमतिले बताइन् ।

शुक्रबार बेलुका र शनिबार बेलुका अवस्था स्थीर रहेको चिकित्सकले बताएका छन् । तर अहिले पनि भेन्टिलेटरमा नै राखेर उपचार गरिएको छ । उनले न्युयोर्कमा उबर चलाउँदै आएपनि कोरोनाको त्रासका कारण १५ दिन अगाडि देखि नै उबर चलाउन छाडेका थिए ।

४७ बर्षका ती नेपालमा विगतमा अरु कुनै स्वास्थ्य समस्या नभएको तर प्रेसरको औषधी खाने गरेको पारिवारिक श्रोतले बताएको छ । श्रीमतिलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । डाक्टरहरुले घरमै बस्न र आराम गर्न सुझाव दिएको खसोखास डटकमले जनाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ७ : ४७ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने