३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

हात धुने बानीले कम हुन्छ कोरोनाको संक्रमण फैलने सम्भावना



एजेन्सी । अहिले विश्वभर कोरोना भाइरस (कोभिड– १९)को संक्रमणले त्रासको वातावरण सिर्जना भएको छ । यसलाई मध्यनजर गर्दै यससम्बन्धमा विभिन्न खोजहरु पनि भएका छन् ।

यसैबीच एक अध्ययनले नियमित हात धुनेका तुलनामा हात नधुनेमा यो भाइरसको संक्रमण फैलने सम्भावना बढी हुने देखाएको छ । सो अध्ययनले नियमित रुपमा हात धुनाले संक्रमण फैलन सक्ने सम्भावनालाई कम गर्न सकिने देखाएको हो ।

जहाँ नियमित रुपमा हात धुने बानी गरिएको छैन त्यहाँ यो भाइरस फैलने सम्भावना बढी पाइएको छ । बर्मिंघम विश्वविद्यालयका शोधकर्ताका अनुसार ट्वाइलेटको प्रयोग गरेपछि नियमित रुपमा हात नधुनेहरुमा यस्तो सम्भावना बढी पाइएको छ ।

यस्तो संख्या चीनमा ७७ प्रतिशत, जापानमा ७० प्रतिशत, दक्षिण कोरियामा ६१ प्रतिशत तथा नेदरल्यान्डमा ५० प्रतिशत रहेको जनाइएको छ ।

बर्मिंघमका बिजनेस स्कुलका प्राध्यापक गना पोगरबेनाका अनुसार जुन देशका मानिसहरुमा नियमित रुपमा हात धुने बानी छैन त्यहाँ कोरोना भाइरसको संक्रमण फैलने सम्भावना बढी हुन्छ ।

उनले कोरोनाभाइरसको संक्रमण फैलनबाट नियन्त्रणका लागि पटक पटक कम्तिमा २० सेकेन्ड नियमित रुपमा साबुन पानीले हात धुनु आवश्यक छ । उनले व्यक्तिगत स्वभाव बदल्न जरुरी रहेको पनि उल्लेख गरेका छन् ।

नियमित रुपमा हात नधुनेहरुको संख्या बढी भएको मुलुकमा यस्तो संक्रमण बढी फैलिएको बताइएको छ ।

शोधका अनुसार नियमित हातधुनेहरुको संख्यामा सबैभन्दा अगाडि साउदी अरब छ । जसमा ३ प्रतिशतले मात्र नियमित हात धुँदैनन् । त्यस्तै अमेरिकामा २३ प्रतिशत, ब्रिटेनमा २५ प्रतिशत, हङकङमा ४० प्रतिशत, मलेसियामा ४३ प्रतिशत, इटालीमा ४३ प्रतिशत, केन्यामा ४८ प्रतिशत तथा थाइल्यान्डमा ४८ प्रतिशत मानिसहरुले नियमित रुपमा हात नधुने गरिएको सो शोधमा उल्लेख छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : १२ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका