७ चैत्र २०८२, शनिबार | March 22, 2026

सैनामैनामा आइसोलेसन अस्पताल निर्माण हुँदै



सैनामैना । सैनामैनामा प्रतिकोरोना आइसोलेसन अस्पताल निर्माण गर्न लागिएको छ ।

वडा नम्बर १ बनकट्टामा रहेको प्राकृतिक चिकित्सालयमा कोरोना बिशेष अस्पताल निर्माण गर्न लागिएको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

व्यवस्थित अस्पतालका रुपमा सञ्चालनमा आइसकेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयका उपयुक्त कोठाहरुलाई नै थप सुविधासम्पन्न बनाउँदै कोरोना विशेष अस्पताल निर्माण गर्न लागिएको प्रमुख कार्कीले बताउनुभयो ।

उक्त चिकित्सालयको नगर प्रमुख कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टर विष्णु गौतम र सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखसहितको टोलीले बुधबार निरीक्षण गरेको छ ।

त्यसक्रममा विशेषज्ञहरुले सबैभन्दा उपयुक्त स्थल र व्यवस्थित संरचना रहेको भन्दै प्रशंसा गरेको चिकित्सालयका संस्थापक अध्यक्ष रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : ४० बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा