५ पुस २०८२, शनिबार | December 20, 2025

के भिटामिन सीले कोरोना निको पार्नसक्छ ? अनुसन्धानकर्ताहरु सफलताको नजिक



एजेन्सी । विश्वभर त्राहिमाम मच्चाएको कोरोना भाईरसको औषधी पत्ता लागउने क्रम अहिले पनि जारी नै छ । यो क्रममा विश्वका कतिपय वैज्ञानिकहरुले सफलताको नजिक पुगेको पनि बताईरहेका छन ।

त्यस्तै एक प्रयोग अमेरिकामा पनि गरिएको छ । कोरोना भाईरस संक्रमित विरामीहरुलाई भारी मात्रामा भिटामिन सी दिएर उपचारको नयाँ प्रयास गरिएको हो । भिटामिन सीले विरामीलाई कोरोनासंग लड्न सक्ने क्षमता दिने सकारात्मक परिणाम आएको तथ्य पनि अमेरिकी चिकित्सकहरुले फेला पारेका छन ।

अमेरिकाको लंग आईल्याण्डस्थित नर्थवेल्थ हेल्थ सेवासंग सम्बन्धित फोक्सो, श्वासप्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डा.एण्ड्र्यु जी वेबरले कोरोना पीडित विरामीलाई १५ सय मिलिग्राम ईन्ट्रावेनस भिटामिन सी दिएको बताए ।

कोरोना संक्रमित बिरामीलाई दिइएको यो मात्रा अत्यधिक हो । यो मात्रा अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थानद्वारा निर्देशित मात्रा भन्दा १६ गुणा बढी हो । संस्थानले बयस्क पुरुषकालागि ९० मिलिग्राम र बयस्क महिलाका लागि ७५ मिलिग्रामको डोज निर्धारित गरेको छ ।

कोरोना संक्रमित विरामीहरुमाथी गरिएको यो प्रयोग चीनमा गरिएको प्रयोगमा आधारित रहेको डा.वेबरले बताए । अधिक मात्रामा भिटामिन सी दिइएका विरामीहरुको अवस्था भिटामिन नदिईएका बिरामीहरुको तुलनामा धेरै राम्रो रहेको डा. वेबरको खोजले पत्ता लगाएको छ ।

डा. वेबरले भने, ‘अत्यधिक मात्रामा दिईएको भिटामिन सीले विरामीलाई कोरोना भाईरससंग लड्न सघाएको देखियो । तर यो उपचार विधिले कोरोना निदानका लागि औपचारिक मान्यता पाइसकेको छैन । त्यसैले यो विधि उपचारको उपायका रुपमा स्थापित भएको छैन ।’

कोरोना भाईरस संक्रमितहरुमा भिटामिन सीको प्रयोग १४ फेब्रुअरीमा चीनको वुहानस्थित झोंगसान अस्पताल मातहतको माहामारी उपचार केन्द्रमा पनि गरिएको थियो । त्यहाँ गरिएको भिटामिन सीको प्रयोगबाट सकारात्मक तथ्य हात लागेको चिनियाँ चिकित्सकहरुले बताएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ९ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको