२२ मंसिर २०८२, सोमबार | December 8, 2025

कोरोनाविरुद्धको छलफलमा विश्वका ठूला अर्थब्यवस्था भएका २० मुलुकहरु



एजेन्सी । आज विश्वका २० धनी राष्ट्रहरुको संगठन जी ट्वान्टीको आपतकालिन शिखर सम्मेलन साउदी अरबमा हुँदैछ । यो सम्मेलनको अध्यक्षता साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज अल सउदले गर्दैछन ।

यो सम्मेलन भिडियो कन्फ्रेन्स मार्फत हुँदैछ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्धको लडाईमा विश्वका ठूला र धनी राष्ट्रहरुले सामुहिक प्रयास नगरेको भन्दै आलोचना भैरहेका बेला यो आपतकालिन शिखर सम्मेलन हुन लागेको हो ।

जी २० शिखर सम्मेलनको सचिवालयले बुधबार प्रकाशित गरेको प्रेस विज्ञप्ती अनुसार सम्मेलनमा कोरोना भाइरसको महामारी र यसबाट परेको मानवीय तथा आर्थिक प्रभाव बारे छलफल गरिनेछ । यो सम्मेलनमा ईटली, स्पेन, जोर्डन, सिंगापुर र स्विजरल्याण्डलगायतका कोरोना प्रभावित मुलुकका प्रतिनिधिहरु पनि सहभागी हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

यो सम्मेलनमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, विश्व स्वास्थ्य संगठन, विश्व ब्यापार संगठन, अंतराष्ट्रिय मुद्रा कोष र आर्थिक सहयोग एवं विकास संगठनका प्रतिनिधिहरु पनि सहभागी हुँदैछन ।

सम्मेलनमा दक्षिण पूर्वी एशियाली मुलुकहरुको संगठन आसियान, अफ्रिकी संघ, खाडी सहयोग परिषद र अफ्रिकाको विकासका लागि नयाँ साझेदारी (एनईपीएडी) जस्ता क्षेत्रीय संगठनहरुको पनि सहभागिता रहनेछ ।

जी २० मा भारत, अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, ईण्डोनेशिया, ईटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, ब्रिटेन र अमेरिका रहेका छन ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ९ : ४४ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब