२० आश्विन २०८३, मंगलबार | October 7, 2026

कोरोनाविरुद्धको छलफलमा विश्वका ठूला अर्थब्यवस्था भएका २० मुलुकहरु



एजेन्सी । आज विश्वका २० धनी राष्ट्रहरुको संगठन जी ट्वान्टीको आपतकालिन शिखर सम्मेलन साउदी अरबमा हुँदैछ । यो सम्मेलनको अध्यक्षता साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज अल सउदले गर्दैछन ।

यो सम्मेलन भिडियो कन्फ्रेन्स मार्फत हुँदैछ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्धको लडाईमा विश्वका ठूला र धनी राष्ट्रहरुले सामुहिक प्रयास नगरेको भन्दै आलोचना भैरहेका बेला यो आपतकालिन शिखर सम्मेलन हुन लागेको हो ।

जी २० शिखर सम्मेलनको सचिवालयले बुधबार प्रकाशित गरेको प्रेस विज्ञप्ती अनुसार सम्मेलनमा कोरोना भाइरसको महामारी र यसबाट परेको मानवीय तथा आर्थिक प्रभाव बारे छलफल गरिनेछ । यो सम्मेलनमा ईटली, स्पेन, जोर्डन, सिंगापुर र स्विजरल्याण्डलगायतका कोरोना प्रभावित मुलुकका प्रतिनिधिहरु पनि सहभागी हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

यो सम्मेलनमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, विश्व स्वास्थ्य संगठन, विश्व ब्यापार संगठन, अंतराष्ट्रिय मुद्रा कोष र आर्थिक सहयोग एवं विकास संगठनका प्रतिनिधिहरु पनि सहभागी हुँदैछन ।

सम्मेलनमा दक्षिण पूर्वी एशियाली मुलुकहरुको संगठन आसियान, अफ्रिकी संघ, खाडी सहयोग परिषद र अफ्रिकाको विकासका लागि नयाँ साझेदारी (एनईपीएडी) जस्ता क्षेत्रीय संगठनहरुको पनि सहभागिता रहनेछ ।

जी २० मा भारत, अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, ईण्डोनेशिया, ईटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, ब्रिटेन र अमेरिका रहेका छन ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ९ : ४४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते