३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब



विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टीभित्र देखिएका सांगठानिक कमजोरी सच्याउन र नेतृत्वमाथि दबाब सिर्जना गर्न खोजेको संकेत दिएको छ।

विराटनगरस्थित मनास्लु होटलमा आयोजित भेलामा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट नेताहरू एकै मञ्चमा देखिएका छन्।

भेलामा डा. शेखर कोइराला, पूर्वमहामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद, मीनबहादुर विश्वकर्मालगायत नेताहरूको सहभागिता रहेको छ।

कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ। कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार भेला पार्टीको बृहत्तर एकता, संगठन सुदृढीकरण र कार्यकर्ताको भावनालाई नेतृत्वसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो।

विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको ध्रुवीकरण, गुट–उपगुटको राजनीति तथा संगठनात्मक कमजोरीप्रति असन्तुष्टि जनाउँदै भेलालाई ‘दबाबमूलक शक्ति प्रदर्शन’ का रूपमा समेत हेरिएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा देउवा र कोइराला पक्ष सहभागी नभएको पृष्ठभूमिमा यी पक्षहरू अहिले एकै ठाउँमा उभिनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

पार्टी नेतृत्वले आम कार्यकर्ताको भावना र अपेक्षालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको आरोप लगाउँदै कांग्रेसलाई गुटगत स्वार्थभन्दा माथि उठाएर एकताबद्ध बनाउन आफूहरू दबाब समूहका रूपमा अघि बढेको उनीहले बताएका छ्न ।

भेलामा सहभागी नेताहरूले हाल जारी क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले पार्टीको आन्तरिक लोकतन्त्र, संगठन निर्माण र कार्यकर्ताको सम्मानलाई केन्द्रमा राखेर नेतृत्वले आवश्यक सुधारका कदम चाल्नुपर्ने धारणा राखेका छन्।

यसअघि देउवा पक्षले आयोजना गरेको कोशीस्तरीय भेलामा शेखर कोइराला पक्ष सहभागी भएको थिएन। तर यसपटक दुवै पक्षसँगै सिटौला समूहसमेत सहभागी भएपछि कांग्रेसभित्र नयाँ राजनीतिक समीकरण र एकताको प्रयासको सन्देश गएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  १ : ५७ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा