४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना कहर : आज एक बजेसम्म शाइन रेसुंगाका ६ वटा शाखा खुल्ला



बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले लकडाउनको अवधिमा पनि आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकका विभिन्न जिल्ला र स्थानका शाखाहरु आवश्यकता अनुसार दिनको एकबजेसम्म सञ्चालन गर्दै आएको छ ।

जस अनुसार शुक्रबार (आज) रुपन्देही, अर्घाखांची, दाङ र नवलपरासी जिल्लाका ६ वटा शाखा खुला राखेको छ । आज शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल शाखा, रुपन्देहीकै कन्चन गाउपालिकाको रुद्रपुर शाखा, दाङको तुल्सीपुर शाखा, गुल्मीको बलेटक्सार शाखा, अर्घाखांचीको खनदह शाखा र नवलपरासी पश्चिमको सुनवल शाखा दिउसो १ बजेसम्म खुल्ला रहने बैंकका वरिष्ठ प्रवन्धक लालमणि पन्थीले जानकारी दिनुभयो ।

लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर हरेक दिन फरक फरक शाखा दिउसो १ बजेसम्म खुला राखेर सेवा प्रवाह गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो । सरकारले बैंकबाट प्रदान गरिने सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेर लकडाउनको अवधिमा पनि सेवा प्रवाह गर्न अनुमति दिएको छ ।

शाइन रेसुंगाका प्रदेश ५, प्रदेश ३ र प्रदेश ४ मा गरी ७० वटा शाखा कार्यालय रहेपनि कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर लकडाउन अवधिसम्म गरी सबै शाखाहरु सञ्चालन नगरी प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा आवश्यकता अनुसार पालैपालो विभिन्न जिल्ला र स्थानका शाखाहरु सञ्चालन गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको