५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोना कहर : आज एक बजेसम्म शाइन रेसुंगाका ६ वटा शाखा खुल्ला



बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले लकडाउनको अवधिमा पनि आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकका विभिन्न जिल्ला र स्थानका शाखाहरु आवश्यकता अनुसार दिनको एकबजेसम्म सञ्चालन गर्दै आएको छ ।

जस अनुसार शुक्रबार (आज) रुपन्देही, अर्घाखांची, दाङ र नवलपरासी जिल्लाका ६ वटा शाखा खुला राखेको छ । आज शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल शाखा, रुपन्देहीकै कन्चन गाउपालिकाको रुद्रपुर शाखा, दाङको तुल्सीपुर शाखा, गुल्मीको बलेटक्सार शाखा, अर्घाखांचीको खनदह शाखा र नवलपरासी पश्चिमको सुनवल शाखा दिउसो १ बजेसम्म खुल्ला रहने बैंकका वरिष्ठ प्रवन्धक लालमणि पन्थीले जानकारी दिनुभयो ।

लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर हरेक दिन फरक फरक शाखा दिउसो १ बजेसम्म खुला राखेर सेवा प्रवाह गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो । सरकारले बैंकबाट प्रदान गरिने सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेर लकडाउनको अवधिमा पनि सेवा प्रवाह गर्न अनुमति दिएको छ ।

शाइन रेसुंगाका प्रदेश ५, प्रदेश ३ र प्रदेश ४ मा गरी ७० वटा शाखा कार्यालय रहेपनि कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर लकडाउन अवधिसम्म गरी सबै शाखाहरु सञ्चालन नगरी प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा आवश्यकता अनुसार पालैपालो विभिन्न जिल्ला र स्थानका शाखाहरु सञ्चालन गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ३५ बजे

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६