१८ भदौ २०८३, बिहिबार | September 4, 2026

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु



बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५, बैंक रोड निवासी ६० वर्षीय तारचन सुनार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिप्परले सोही दिशातर्फ गुडिरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । तीव्र गतिमा रहेको टिप्परको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि चौराहामा खटिएका ट्राफिक प्रहरी र स्थानीयवासीले घाइते सुनारको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका थिए । तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमन जिसीका अनुसार मृतकको साथबाट २ लाख ५० हजार रुपैयाँ नगद समेत फेला परेको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चालकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ६ : ४१ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो