२१ माघ २०८२, बुधबार | February 4, 2026

बुटवलमा किटाणु नासक औषधि छर्किँदै



बुटवल । कोरोना प्रकोपको प्रभावकारी पूर्वतयारी गरेको बुटवल उपमहानगरपालिकाले अहिले डिस्इन्फेक्सन गराउन जुटेको छ ।

बुटवल उपमहानगरपालिकाले यसक्षेत्रमै पहिलोपटक कोरोना आइसोलेसन अस्पताल, सय कोठाको व्यवस्थित क्वारेन्टाइन, विभिन्न १६ ठाउँमा फिवर क्लिनिक सञ्चालन गरेको छ । यो संगै अहिले बुटवल उपमहानगरपालिकाले विभिन्न ठाउँमा इन्फेक्सनविरुद्ध औषधि छर्किन सुरु गरेको छ ।

वडा नम्बर ५ को बजारक्षेत्रबाट शुक्रबार बिहानैदेखि डिस्इन्फेक्सन बनाउन सुरु गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । मानव स्वास्थ्यलाई असर नगर्ने खालको किटाणु नाशक विशेष औषधि छर्किन सुरु गरिएको र यस्लाई सबै वडामा पुर्‍याइने प्रमुख सुवेदीको भनाइ छ । बाक्ला घर र बस्ती रहेका टोलबाट यस्तो अभियान सुरु गरिएको वडा नम्बर-५, का अध्यक्ष तेजप्रसाद विश्वकर्माले जानकारी दिनुभयो । बुटवलमा बिहीबार ११३ जनाको परीक्षण भएको छ ।

रुघाखोकी लागेर र ज्वरो आएपछि कोरोनाको आशंका गर्दै उपमहानगरपालिकाका १० वटा स्वास्थ्य संस्था तथा लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउन ११३ जना पुगेका थिए । उनीहरूलाई ज्वरो क्लिनिकमा परीक्षण पछि स्वाब संकलन गरेर परीक्षण गरिएको छ । आइसोलेसनमा उपचाररतको हालसम्मको परीक्षणमा कोरोना पुष्टि भने भएको छैन । यद्यपि राष्ट्रिय प्रयोगशालाको अन्तिम रिपोर्ट भने नआइसकेको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

आइसोलेनमा खटिएका चिकित्सक तथा फोकल पर्सन डाक्टर सुदर्शन थापाले कोरोनाको लक्षण देखिएको भन्दै परीक्षणमा आएकाहरुको स्वास्थ स्थिर रहेको बताउनुभयो बुटवलको आइसोलेसन अस्पतालमा सात जनाको उपचार जारी छ । यसअघि लुम्बिनी प्रादेशिक अस्पताल सहित उपमहानगरका स्वास्थ्यसंस्थाहरुमा सञ्चालित ज्वरो क्लिनिकमा बुधबार एकैदिन २१७ जनाको परीक्षण भएको थियो । यीमध्ये प्रादेशिक अस्पतालमा १७ जना उपचाररत छन् भने एक जनालाई आशंका लागेर कोरोना बिशेष अस्पतालको आइसोलेसनमा पठाइएको थियो ।

उनीसहित सबैको उपचार जारी रहेको र अवस्था स्थिर रहेको विशेषज्ञ थापाको भनाइ छ । उपमहानगरपालिका जनस्वास्थ्य महाशाखाका शाखा अधिकृत कुन्दनकुमार सिंहका अनुसार बुटवलका विभिन्न ठाउँमा ज्वरो क्लिनिक सञ्चालनमा छ र त्यहाँबाट प्रादेशिक अस्पताल हुँदै जटिल भएमा मात्रै आइसोलेसनमा पठाउने गरिएको छ ।

त्रसित होइन सजग र सावधान रहन नगर आग्रह गर्दै प्रमुख शिवराज सुवेदीले नगरबासीलाई सार्वजनिक सन्देश सहितको अपिल जारी गर्नुभएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : ४६ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल