५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा किटाणु नासक औषधि छर्किँदै



बुटवल । कोरोना प्रकोपको प्रभावकारी पूर्वतयारी गरेको बुटवल उपमहानगरपालिकाले अहिले डिस्इन्फेक्सन गराउन जुटेको छ ।

बुटवल उपमहानगरपालिकाले यसक्षेत्रमै पहिलोपटक कोरोना आइसोलेसन अस्पताल, सय कोठाको व्यवस्थित क्वारेन्टाइन, विभिन्न १६ ठाउँमा फिवर क्लिनिक सञ्चालन गरेको छ । यो संगै अहिले बुटवल उपमहानगरपालिकाले विभिन्न ठाउँमा इन्फेक्सनविरुद्ध औषधि छर्किन सुरु गरेको छ ।

वडा नम्बर ५ को बजारक्षेत्रबाट शुक्रबार बिहानैदेखि डिस्इन्फेक्सन बनाउन सुरु गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । मानव स्वास्थ्यलाई असर नगर्ने खालको किटाणु नाशक विशेष औषधि छर्किन सुरु गरिएको र यस्लाई सबै वडामा पुर्‍याइने प्रमुख सुवेदीको भनाइ छ । बाक्ला घर र बस्ती रहेका टोलबाट यस्तो अभियान सुरु गरिएको वडा नम्बर-५, का अध्यक्ष तेजप्रसाद विश्वकर्माले जानकारी दिनुभयो । बुटवलमा बिहीबार ११३ जनाको परीक्षण भएको छ ।

रुघाखोकी लागेर र ज्वरो आएपछि कोरोनाको आशंका गर्दै उपमहानगरपालिकाका १० वटा स्वास्थ्य संस्था तथा लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउन ११३ जना पुगेका थिए । उनीहरूलाई ज्वरो क्लिनिकमा परीक्षण पछि स्वाब संकलन गरेर परीक्षण गरिएको छ । आइसोलेसनमा उपचाररतको हालसम्मको परीक्षणमा कोरोना पुष्टि भने भएको छैन । यद्यपि राष्ट्रिय प्रयोगशालाको अन्तिम रिपोर्ट भने नआइसकेको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

आइसोलेनमा खटिएका चिकित्सक तथा फोकल पर्सन डाक्टर सुदर्शन थापाले कोरोनाको लक्षण देखिएको भन्दै परीक्षणमा आएकाहरुको स्वास्थ स्थिर रहेको बताउनुभयो बुटवलको आइसोलेसन अस्पतालमा सात जनाको उपचार जारी छ । यसअघि लुम्बिनी प्रादेशिक अस्पताल सहित उपमहानगरका स्वास्थ्यसंस्थाहरुमा सञ्चालित ज्वरो क्लिनिकमा बुधबार एकैदिन २१७ जनाको परीक्षण भएको थियो । यीमध्ये प्रादेशिक अस्पतालमा १७ जना उपचाररत छन् भने एक जनालाई आशंका लागेर कोरोना बिशेष अस्पतालको आइसोलेसनमा पठाइएको थियो ।

उनीसहित सबैको उपचार जारी रहेको र अवस्था स्थिर रहेको विशेषज्ञ थापाको भनाइ छ । उपमहानगरपालिका जनस्वास्थ्य महाशाखाका शाखा अधिकृत कुन्दनकुमार सिंहका अनुसार बुटवलका विभिन्न ठाउँमा ज्वरो क्लिनिक सञ्चालनमा छ र त्यहाँबाट प्रादेशिक अस्पताल हुँदै जटिल भएमा मात्रै आइसोलेसनमा पठाउने गरिएको छ ।

त्रसित होइन सजग र सावधान रहन नगर आग्रह गर्दै प्रमुख शिवराज सुवेदीले नगरबासीलाई सार्वजनिक सन्देश सहितको अपिल जारी गर्नुभएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : ४६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य