१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

सैनामैनामा १०० शैयाको अस्थायी आइसुलेसन अस्पताल संचालनमा



सैनामैना । सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल आज देखी संचालन आएको छ ।

सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल निर्माण गरी आजबाट संचालनमा ल्याईएको नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । अस्पतालको सुभारम्भ गर्दै नगर प्रमुख कार्कीले भन्नुभयाे “सैनामैना कसैलाई कोरोनाको आशंका भएमा अस्पताल तयार रहेकोले बिपदको बेलामा नआतिकन आधिकारीक ब्यतिmलाई सम्पर्क गर्न अनुरोध गर्दै कतिपय गम्भिर विरामीलाई आवश्यक्ता अनुसार बुटवल वा काठमाण्डौं रिफर गरिने छ ” ।

विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै नगरप्रमुख कार्किले एक जना विरामीलाई अलग अलग राख्ने गरी अस्पतालमा १०० वेड रहको बताउदै आवश्यकता अनुसार बेड थप्ने ब्यवस्था पनि मिलाईएको जानकारी गराउनुभयो ।
नेपाली सेनाको सहयोगमा अस्पताललाई आवश्यक पिपिई उत्पादन र सैनामैनाको पशुपति मा.बि मा रहेको बिज्ञान प्रयोगशालामा ५०० लिटर सेनेटाइजर उत्पादनका गर्ने काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थि बताउनुभयो ।

अस्पतालमा सैनामैनाका चिकित्सक प्रकाश खरेल र नेपाली सेनाका चिकित्सक रक्षा गुरागाईको नेतृत्वमा, एक हेल्थ असिटेण्ट र दुई नर्स गरि ६ जनाको टोली खटिने सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थले जानकारी गराउनुभयो । नगरप्रमुख कार्किले सैनामैनामा रहेका नीजि मेडिकल तथा क्लिनिक बन्द गर्न नहुनेमा जोड दिदै अहिलेको संकटको घडीमा सबैको साथ र सर्मथन आवश्यक भएको बताउनुभयो ।


महामारीको बेलामा सबैलाई सहयोग गर्न अपिल गर्दैं सहयोग गर्न चाहनु हुने संघ सस्था वा ब्यतिmले कृषि बिकास बैङ पर्रोहा शाखा मा बिपद ब्यवस्थापन कोषको नाममा रहेको खाता नं ०४–१४२–०१२७–३६५५–०१–५ मा सहयोग रकम जम्मा गर्न सकिने सैनामैनाका बिपद ब्यवस्थापनका समितिका सदस्य सचिव सुरज न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ३ : १२ बजे

शुद्धोधन गाँउपालिका-७ का वडा अध्यक्ष सहित प्रमुख कार्यकारी अधिकृत घुस सहित अख्तियारको फन्दामा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन

एक दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सांसद शरत सिंह भण्डारीलाई

नारायणगढ-बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौं । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले

सुनचाँदी मुल्य : सुनको घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको