२६ आश्विन २०८३, सोमबार | October 12, 2026

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार नाघ्यो , इटालीमा मात्र १० हजार को ज्यान गयो



काठमाडौ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार ९ सय पुगेको छ ।

आइतबार बिहानसम्म ३० हजार नौ सय जनाको ज्यान गएको छ । भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ६३ हजार सात सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले अमेरिका कोरोना भाइरसको ‘इपिसेन्टर’ बनेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै अर्थात् एक लाख २३ हजार ८ सय ४० पुगेको छ ।

अमेरिकापछि इटलीमा सङ्क्रमितको सङ्ख्या ९२ हजार चार सय ७२ पुगेको छ । चीन तेस्रो नम्बरमा छ, जहाँ ८१ हजार चार सय ३९ जना सङ्क्रमित भएका छन् ।

भाइरसबाट ज्यान गुमाउनको सङ्ख्यामा इटली सबैभन्दा अघि छ । इटलीमा १० हजार २३ जनाको ज्यान गइसकेको छ । इटलीपछि स्पेनमा पाँच हजार ९ सय ८२, चीनमा तीन हजार तीन सय, इरानमा दुई हजार पाँच सय १७, फ्रान्समा दुई हजार तीन सय १४ र अमेरिकामा दुई हजार दुई सय ११ जनाको ज्यान गएको छ ।
त्यस्तै विश्वभरि भाइरस सङ्क्रमितमध्ये एक लाख ४२ हजार १ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ९ : १२ बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा