४ पुस २०८२, शुक्रबार | December 20, 2025

लकडाउनलाई पूर्ण रुपमा पालना गर्न नेकपाको आग्रह



भैरहवा । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गर्न नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) क्षेत्र नम्बर १ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले आग्रह गरेको छ ।

नेकपा जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर १ का संयोजक यज्ञ गैरे एवं जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय सचिव गोविन्द पंगेनीले लकडाउनको पूर्ण पालना गर्नु र अभिप्रेरित गर्नु दायित्व नभइ अनिवार्य आवश्यकता रहेको बताउनुभएको छ ।

एक विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले गलत सूचनाको भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

“हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल मार्फत सकारात्मक सूचना हाम्रो लागि उपयोगी नै छ, तर सामाजिक सञ्जालमा आइरहने गलत भ्रामक समाचार, सन्देश तथा कृत्रिम भिडियाले सही र सत्य सूचना सम्प्रेषण भन्दा पनि यस प्रकारको अवस्थाको गलत प्रचार गरी व्यक्तिगत चरम फाइदा उठाउने अभिप्राय हुने खतरा छदैंछ, विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्यकर्मीको सुझाव दैनिक जीवनमा अपनाउनुपर्ने र सावधानीलाई आत्मसाथ गरी उत्पीडित जनसमुदाय, गरीब तथा विपन्नका लागि संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा स्थानीय गाउँ/नगर सरकारले निर्माण गरेको राहत कोषमार्फत यहाँहरुको घरमा अत्यावश्यक दैनिक उपभोग्य सामाग्री पु¥याइनेछ, यसमा सबैको रचनात्मक सहयोग हुने नै छ, विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा स्वास्थ्यप्रति जिम्मेवार बनी सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको