५ श्रावण २०८३, मंगलबार | July 21, 2026

लकडाउनलाई पूर्ण रुपमा पालना गर्न नेकपाको आग्रह



भैरहवा । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गर्न नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) क्षेत्र नम्बर १ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले आग्रह गरेको छ ।

नेकपा जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर १ का संयोजक यज्ञ गैरे एवं जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय सचिव गोविन्द पंगेनीले लकडाउनको पूर्ण पालना गर्नु र अभिप्रेरित गर्नु दायित्व नभइ अनिवार्य आवश्यकता रहेको बताउनुभएको छ ।

एक विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले गलत सूचनाको भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

“हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल मार्फत सकारात्मक सूचना हाम्रो लागि उपयोगी नै छ, तर सामाजिक सञ्जालमा आइरहने गलत भ्रामक समाचार, सन्देश तथा कृत्रिम भिडियाले सही र सत्य सूचना सम्प्रेषण भन्दा पनि यस प्रकारको अवस्थाको गलत प्रचार गरी व्यक्तिगत चरम फाइदा उठाउने अभिप्राय हुने खतरा छदैंछ, विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्यकर्मीको सुझाव दैनिक जीवनमा अपनाउनुपर्ने र सावधानीलाई आत्मसाथ गरी उत्पीडित जनसमुदाय, गरीब तथा विपन्नका लागि संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा स्थानीय गाउँ/नगर सरकारले निर्माण गरेको राहत कोषमार्फत यहाँहरुको घरमा अत्यावश्यक दैनिक उपभोग्य सामाग्री पु¥याइनेछ, यसमा सबैको रचनात्मक सहयोग हुने नै छ, विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा स्वास्थ्यप्रति जिम्मेवार बनी सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : २३ बजे

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको