२१ माघ २०८२, बुधबार | February 4, 2026

लायन्स क्लब अफ बुटवल सयपत्रीद्धारा नेपाल चिकित्सक संघ लुम्बिनीलाइ १३ थान पिपिई हस्तान्तरण



बुटवल । सामाजिक कार्यमा अग्रसर रहेको रुपन्देहीको एक क्लबले चिकित्सकहरुको सुरक्षाका लागि अतिआवश्यक रहेको सुरक्षा कपडा पर्सनल प्रोटेक्सन ईक्युमेन्ट (पिपिई) सहयोग गरेको छ ।

लायन्स क्लब अफ बुटवल सयपत्रीका पुर्वअध्यक्ष तथा लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बि २ नेपालका डिष्ट्रिक को–चिफ एडभाईजर सुनिता श्रेष्ठ बजिमयको पहलमा मनकामना गार्मेन्ट उद्योग  (गोफी ब्राण्ड) का संचालक सुमित प्रधान तथा बाबा ट्रेडिङ काठमाण्डौका पशुपति लाथको सहयोगमा लायन्स क्लब अफ बुटवल सयपत्रीले नेपाल चिकित्सक संघ लुम्बिनी शाखालाई १३ थान पिपिई सहयोग गरेको हो ।

क्लबका पुर्वअध्यक्ष तथा लायन्स क्लब अफ ईन्टरनेश्नल ३२५ बि २ नेपालका डिष्ट्रिक को–चिफ एडभाईजर सुनिता श्रेष्ठ बजिमयले संघका महासचिव डा सन्तोष पोखरेललाई सो सामग्री हस्तान्तरण गरेका हुन ।

विश्व भर महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड-१९) को संक्रमण बढेको बेला सबैभन्दा अग्रभागमा रहेर स्वस्थ्य जस्तो संवेदनशील पेशामा रहेका चिकित्सकहरुको सुरक्षाका लागि सो सामग्री सहयोग गरिएको श्रेष्ठले बताउनुभयो ।

यसैगरि बिरामीहरुलाई सेवा दिईरहेका एम्बुलेन्स चालकहरुको लागि पनि क्लबबाट २ थान पिपिई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ४८ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल