८ चैत्र २०८२, आइतबार | March 22, 2026

आजको मौसम : पश्चिम, मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली, हिमाली भागमा हिमपातको संभावना



काठमाडौ । आजबाट देशमा पश्चिमी वायुको प्रभाव रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

आज राती देशको पश्चिमी भू–भागमा सामान्य बदली, मध्य र पुर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

पश्चिमी भू–भागका केही स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र हावाहुरी सहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ८ : २१ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।