४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : पश्चिम, मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली, हिमाली भागमा हिमपातको संभावना



काठमाडौ । आजबाट देशमा पश्चिमी वायुको प्रभाव रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

आज राती देशको पश्चिमी भू–भागमा सामान्य बदली, मध्य र पुर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

पश्चिमी भू–भागका केही स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र हावाहुरी सहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ८ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको