२६ आश्विन २०८३, सोमबार | October 12, 2026

भाडामा बस्ने नर्सलाई घरबाट निकाल्ने घरबेटी पक्राउ



घोराही । कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरवाट निकालेपछि जिल्ला प्रशासन कार्यालय दाङले घरवेटीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको थियो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले डेराबाट नर्स निकाल्ने घरवेटी घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यलाई पक्राउ गर्न निर्देशन दिनुभएकाे थियाे । निर्देशनपछि प्रहरीले आचार्यलाई समातेको र कानुन वमोजिम कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयाे ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गणेपुर घर भइ हाल घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० बर्षीया नर्स सृजना खड्का आचार्यको घरमा बस्दै आएकी थिइन् ।

नवलपुरस्थित आचार्यको घरमा गत मंसिरदेखि साथीहरुसंगै भाडामा बस्दै आएकी खड्कालाई घरमा बस्न नदिएपछि हाल उनी घोराहीस्थित एक होटेलमा बस्दै आएकी छन् । लक–डाउनको समयमा सबै घर भित्रै बस्दापनि विदा नपाएपछि आफु डेरा र हस्पिटल आवत जावत गरेको हुँदा वडा सचिवले कि हस्पिटल छोड्न कि आफ्नो घर छोड्न भनेकाले बाध्य भएर डेरा छोडेको सृजनाले बताइन । उता वडासचिव आचार्यले भने नर्स खड्कालाई घरवाट नलिकालेको जिकिर गरेका छन् ।

 

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ४० बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा