१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

भाडामा बस्ने नर्सलाई घरबाट निकाल्ने घरबेटी पक्राउ



घोराही । कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरवाट निकालेपछि जिल्ला प्रशासन कार्यालय दाङले घरवेटीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको थियो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले डेराबाट नर्स निकाल्ने घरवेटी घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यलाई पक्राउ गर्न निर्देशन दिनुभएकाे थियाे । निर्देशनपछि प्रहरीले आचार्यलाई समातेको र कानुन वमोजिम कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयाे ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गणेपुर घर भइ हाल घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० बर्षीया नर्स सृजना खड्का आचार्यको घरमा बस्दै आएकी थिइन् ।

नवलपुरस्थित आचार्यको घरमा गत मंसिरदेखि साथीहरुसंगै भाडामा बस्दै आएकी खड्कालाई घरमा बस्न नदिएपछि हाल उनी घोराहीस्थित एक होटेलमा बस्दै आएकी छन् । लक–डाउनको समयमा सबै घर भित्रै बस्दापनि विदा नपाएपछि आफु डेरा र हस्पिटल आवत जावत गरेको हुँदा वडा सचिवले कि हस्पिटल छोड्न कि आफ्नो घर छोड्न भनेकाले बाध्य भएर डेरा छोडेको सृजनाले बताइन । उता वडासचिव आचार्यले भने नर्स खड्कालाई घरवाट नलिकालेको जिकिर गरेका छन् ।

 

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ४० बजे

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको

३८ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२

अमेरिका-इजरायल आक्रमणबाट इरानमा हालसम्म ७८७ जनाको मृत्यु

अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेदेखि अहिलेसम्म ७८७