८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपाल चार्टर्ड एकाउन्टेन्टस संघद्धारा बिभिन्न स्वास्थ्य सामग्री सहयोग



बुटवल । नेपाल चार्टर्ड एकाउन्टेन्टस संघ (एक्यान), रुपन्देही शाखाले तिलोत्तमा नगरपालिकालाई १० थान रियुजेबल पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिइ) र ईलाका प्रहरी कार्यालय बुटवललाई स्यानिटाईजर, मास्क, ग्लब्स जस्ता मेडिकल सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

संघले विश्वव्यापी रुपमा फैलिएको कारोना संक्रमण रोकथामको लागि विभिन्न तहका सरकारसंग समन्वय गरी आगामी दिनमा पनि आवश्यकता भएका विभिन्न स्थानमा खाद्यान्न, मेडिकल सामाग्रीहरु लगायतका अति आवश्यक सामाग्रीहरु सहयोग गर्दै जाने बताएको छ।

रुपन्देही शाखाका संयोजक सिए. प्रेम भुर्तेलले नगरपालिका कार्यालयमा उक्त सामाग्री नगरपालिकाका मेयर श्री बासुदेव घिमिरेलाई हस्तान्तरण गरेका थिए भने सिए महेश घिमिरे, सिए अमृत बहादुर केसी र सिए सुधिर पन्थीले ई.प्र.का. बुटवलमा डि.एस.पि. भिमलाल भट्टराईलाई सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।

साथै एक्यानका केन्द्रीय अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेको नेतृत्वमा काठमाडौं उपत्यकाका विभिन्न संस्थाहरु पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, महानगरीय प्रहरी प्रभाग कोटेश्वर, प्रेस काउन्सिल काठमाडौंमा पिपिई लगायतका मेडिकल सामाग्री र एक्यान चितवन शाखाले सिए निशान पौडेलको नेतृत्वमा भरतपुर कोरोना अस्पतालमा १० थान पिपिई सहयोग गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : १६ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।