२१ माघ २०८२, बुधबार | February 4, 2026

कोरोना भारइसको जाँच अब रुपन्देहीमै



बुटवल । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जाँच अब रुपन्देहीमै हुुने भएको छ ।

अबको तीन दिन भित्र रुपन्देहीको भैरहवाबाट कोरोनाको चेकजाँच हुुनेछ । तत्काल रुपन्देहीबाट र केही दिनभित्र प्रदेशको दाङ र नेपालगञ्जबाट पनि त्यो व्यवस्था मिलाइने छ । भैरहवास्थित राष्ट्रिय गहुुँबाली परिसरभित्रको बीउविजन कार्यालयमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना हुनेछ ।

भैरहवामा दुुई दिनभित्र प्रयोगशाला सञ्चालनमा आउँदैछ । सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुुख डा.उमाशंकरप्रसाद चौधरीले मंगलबार उपकरण आइपुुगेको र बढीमा दुुई दिनभित्र कोरानो आशंका लागेका बिरामीको प्रयोगशालामा स्वाब (¥याल र खकार) जाँच हुुने जानकारी दिनुभयो ।

चौधरीले भन्नुभयो, ‘उपकरण जडान गर्ने प्राविधिकहरु तीन जना काठमाडौंबाट आइसकेका छन । केही हामीसँग पनि छन । दुुई दिनभित्र उपकरण जडान भएर प्रयोगशाला सञ्चालनमा आउछ । यो प्रयोशाला सञ्चालनमा आएपछि हामीलाई धेरै सहज हुुनेछ ।’

प्रयोशाला सञ्चालनमा आएपछि प्रदेश पाँचका कोरोनाको शंका लागेका बिरामीको स्वाव काठमाडौं पठाउनुुपर्ने बाध्यता अन्त्य हुनेछ । आइतबार बुुटवलको धागो काराखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत बिरामी बाबुुराम थापाको स्वाव परीक्षण तीन दिनसम्म हुुन सकेन । उनको मृत्यु भइसकेपछि स्वाब परीक्षण गरिएको थियो ।

संघीय सरकारले सात वटै प्रदेशमा एक÷एक वटा कोरोना जाँच गर्ने प्रयोगशाला स्थापना गर्ने निर्णय गरेसँग यहाँ पनि प्रयोगशाला बन्न लागेको हो । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले रुपन्देहीमा बन्ने प्रयोगशाला संघले अन्तरगर्तको र दाङ र नेपालगञ्जमा बन्ने प्रयोगशाला प्रदेश सरकारको बजेटमै बन्ने बताउनुभयो । चौधरीले प्रदेशमा आवश्यक रहेको पिपिई पनि आइसकेकोले उपचारमा खटिने चिकित्सकहरुलाई पनि सहज हुुने बताउनुभयो । भैरहवाको विउविजन कार्यालयले रंगरोगन गरेर चिटिक्क पारिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुुख डा. राजेन्द्रकुमार गिरीले कोरोना जाँच गर्ने प्रोट्रेबल पिसिआर मेसिन संघले उपलब्ध गराएको बताए । कोरोना परीक्षण गर्ने रियलटाइम पीसीआर र पोटेवल पीसीआर गरी दुई किसिमका उपकरण चाहिन्छ । दुवै उपकरण सञ्चालनका लागि बायो सेफ्टी लेवल (प्रयोगशालामा बाहिरी हावासमेत पस्न नसक्ने गरी कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमुनाको पनि हानिकारक तत्वबाट जोखिम नहुने गरी बिसर्जन हुन सक्ने वातावरण) तयार हुनुपर्छ । भैरहवाको प्रदेश स्तरीय प्रयोगशाला हो ।

समा बायो सेफटीलेवर टुु (बिएसएल) पनि बन्नेछन । प्रदेश सरकराले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने भएको छ । उनीहरुलाई सम्बन्धित जिल्लाका स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने प्रवक्ता चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ०४ बजे

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको