८ चैत्र २०८२, आइतबार | March 22, 2026

सरकारले गैर जिम्मेबार र अमानवीय ब्यबहार देखायो : मानव अधिकार तथा शान्ति समाज



बुटवल । सीमाक्षेत्र, श्रमिक बर्ग तथा अस्पतालहरुमा उपचाररत बिरामीमाथि गरिएको ब्यबहारप्रति मानवअधिकार तथा शान्ति समाजले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल–भारत सीमानाकामा अलपत्र परेका सयौं नेपालीको उचित व्यवस्थापन हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरिएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला भएको लकडाउनकाबीच नेपाल–भारत सीमानाकामा रहेका नेपालीहरुको उचित ब्यवस्थापन सही ढंगले गर्नुपर्ने जनाएको छ ।

कोभिड–१९ का कारण भारतका विभिन्न स्थानहरुबाट घर फर्केका मजदूरहरु हाल नेपाल–भारत सीमानाका जमुनाहमा अलपत्र परिरहेको र उनीहरुको हालसम्म पनि कुनै उपयुक्त व्यवस्थापन हुन नसकेको घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

संकटका बेला सरकार जनता हातेमालो गर्नुपर्छ : बरिष्ठ उपसभापति खनाल

उहाले संकटका बेला सरकार जनता हातेमालो गर्नुपर्नेमा सरकारले जनताको लोकतान्त्रिक राज्य भन्ने नैतिकता गुमाएको दाबि गर्नुभयाे ।सुनौली नाकामा १० दिनको बच्चा समेतको मंगलापुरको सुत्केरी, अन्य बालबालिका, वृद्धहरु पनि अलपत्र रहेका अबस्थामा नेपाल सरकारको ब्यबहार गैर जिम्मेबार र अमानवीय रहेको मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपासभापति गोबिन्द खनालले बताउनुभयाे ।

उहाले भन्नुभयाे—‘ मानबतामाथि पर्न गएको बिश्वब्यापी संकटका समय सम्पुर्ण राजनीतिक दल नागरिक समाज सबै कोरोना बिरुद्द लड्न एउटै संकल्प गर्नुपर्छ,सरकारले गैर जिम्मेबारी देखाइरहेको छ ,हामी सरकारलाइ कार्यशैली सच्चाउन आग्रह गर्छाै ।

’उहाले बुटवलमा कोरोना बिशेष अस्पतालमा मृत्युबरण गरेका बाबुराम थापाको नेगेटिभ रिपोर्ट आएसंगै धेरै तर्कहरु उठिरहेको र समाज नै थप संन्त्रासमा परेकोले यसको छानबिन आयोग गठन गरि सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयाे ।

त्यस्तै कोरोना अवधिभर आपतकालीन उद्धार टोलि परिचालन गर्न, सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि तथा सुरक्षाकर्मिलाइ सुरक्षा सामग्री प्रदान गर्न शान्ति समाजले माग गरेको छ ।

यसअघि शान्ति समाजले देशभरका शाखा रहेका ३५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाइ ज्ञापनपत्र बुझाउदै कोरोनाका समयमा कालोबजारी र बढेको भन्दै अनुगमन र नियन्त्रण गर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : १९ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ