२० श्रावण २०८३, बुधबार | August 5, 2026

शान्ति समाज रुपन्देहीद्वारा वुटवलको सुकुम्बासी बस्तीमा राहत बितरण



बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले वुटवल ११ स्थित हात्तिसुढ बस्ती सुकुम्बासी टोलका विपन्न परिवारलाई राहत बितरण गरेको छ ।

कोरोनाका त्रासका कारण लक डाउनका समयमा हातमुख जोर्न समस्यामा परेका सोहि टोलमा बस्ने ७० परिवारलाई राहत बितरण गरिएको समाजका रुपन्देही सभापति डीपी खनालले बताउनुभयो ।

५० हजार मुल्य बराबरको राहत सामग्री सहयोग गरिएको छ । उनीहरुलाइ चामल, तेल, नुन, आलु, सोयाविन, साबुन, चाउचाउ, र मास्कसहितका सामान बितरण गरिएको हो ।

शान्ति समाजले बिहान बेलुका छाक टार्न समस्यामा परेकाहरुलाइ मानवीयताको हिसावले खाद्यान्न बितरण गरिएको समाजका कन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले बताउनुभयो ।

सो अबसरमा रुपन्देही शाखा सभापति डिपी खनाल, प्रेस युनियनका निबर्तमान सभापति बिक्रम खड्का, समाजका सचिव अर्जुन ज्ञवाली, सह सचिव कपिल ज्ञवाली,सदस्य कृष्ण पाण्डे, हात्तिसुढ बस्ती सुकुम्बासी टोलका अध्यक्ष भिमसेन श्रेष्ठ सहितको टोलिले राहत सामग्री प्रदान गर्नुभएको थियो ।

कोरोनाको त्रासका बिचमा बिपन्न बर्गले राहत पाएपछि खुसी ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : १८ बजे

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा

बेनी-जोमसोम सडक रातिमा बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको

बीजक लिन-दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्री गर्दा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय