२० आश्विन २०८३, मंगलबार | October 7, 2026

शान्ति समाज रुपन्देहीद्वारा वुटवलको सुकुम्बासी बस्तीमा राहत बितरण



बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले वुटवल ११ स्थित हात्तिसुढ बस्ती सुकुम्बासी टोलका विपन्न परिवारलाई राहत बितरण गरेको छ ।

कोरोनाका त्रासका कारण लक डाउनका समयमा हातमुख जोर्न समस्यामा परेका सोहि टोलमा बस्ने ७० परिवारलाई राहत बितरण गरिएको समाजका रुपन्देही सभापति डीपी खनालले बताउनुभयो ।

५० हजार मुल्य बराबरको राहत सामग्री सहयोग गरिएको छ । उनीहरुलाइ चामल, तेल, नुन, आलु, सोयाविन, साबुन, चाउचाउ, र मास्कसहितका सामान बितरण गरिएको हो ।

शान्ति समाजले बिहान बेलुका छाक टार्न समस्यामा परेकाहरुलाइ मानवीयताको हिसावले खाद्यान्न बितरण गरिएको समाजका कन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले बताउनुभयो ।

सो अबसरमा रुपन्देही शाखा सभापति डिपी खनाल, प्रेस युनियनका निबर्तमान सभापति बिक्रम खड्का, समाजका सचिव अर्जुन ज्ञवाली, सह सचिव कपिल ज्ञवाली,सदस्य कृष्ण पाण्डे, हात्तिसुढ बस्ती सुकुम्बासी टोलका अध्यक्ष भिमसेन श्रेष्ठ सहितको टोलिले राहत सामग्री प्रदान गर्नुभएको थियो ।

कोरोनाको त्रासका बिचमा बिपन्न बर्गले राहत पाएपछि खुसी ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : १८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते