२१ माघ २०८२, बुधबार | February 4, 2026

भारतबाट आईरहेको फलफुल र तरकारीका गाडीले कोरोनाको जोखिम बढाउंदै



बुटवल । नागरिकलाई कोभिड १९ बाट जोगाउन भन्दै सबै अन्तराष्ट्रिय नाका बन्द गरेपनि अत्यावश्यक वस्तुको नाममा भारतीय तरकारी निर्वाद आउन दिंदा सिमावर्ती बजारमा बस्ने नेपालीहरुको ज्यान जोखिममा परेको छ ।

सरकार यतिबेला बिश्वब्यापी महामारीकारुप धारण गरेको कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणको अधिकतम प्रयासमा छ । आफ्ना नागरिकहरुलाई भाइरसको प्रभावबाट जोगाउन बिगत ९ दिन देखि देश लकडाउनमा राखेको छ सरकारले । भारतीय सिमा नाकाहरुमा सयौं नेपालीहरु दशगजामै अलपत्र परेकाछन् ।

उनीहरुबाट संक्रमण भित्रीने आशंकाले प्रदेश ५ सरकारले नेपालीलाई गन्तब्य पुग्न दिने र स्थानीय सरकारले क्वारेन्टायनमा राख्ने निर्णय गरेपनि केन्द्र सरकारको निर्णय भन्दै सिमा बाट नेपालीलाई नेपाल छिर्न दिईएको छैन । नागरिक छिर्न नदिएपनि सरकारले अत्यावश्यक वस्तु भन्दै हरेक दिन भारतीय तरकारी भित्रीन दिंदा नेपालीहरुको जोखिम घटेको छैन ।

सिमामा खाद्यान्ह तथा तरकारी बोकेर भित्रने गाडीलाई न त क्वारेन्टायन लाग्छ न त सेनटराईज नै गरिन्छ । भारतका बिभिन्न स्थान हुंदै नेपाल आउने गाडी र खाद्य वस्तुबाट भाइरस आउने सम्भावनालाई भने सरकारले नजरअन्दाज गरेको छ ।

यसरी भारतीय बजारबाट आएका तरकारी, फलफुल तथा खाद्य सामाग्री सिमावर्ती बजारहरुमा बिक्री भईरहेकाछन् । प्रदेश ५ को राजधानी बुटवलमा बिहानै देखि अधिकांस भारतीय तरकारी बोकेर ठेला गाडाहरु घरघरमा पुग्ने गरेकाछन् ।

लकडाउनका कारण घर बाहिर निस्कन नपाएका स्थानीय उपभोक्तालाई घर अगाडी नै ठेलाले तरकारी फलफुल ल्याउंदा सहज त भएको छ, तर ठेलामा चढेर आउन सक्ने कोरोना भाइरसको जोखिमले भने छाडेको छैन ।

भारतीय तरकारी किन्दा डर लागेपनि किन्न बाध्य बन्नु परेको स्थानीय उपभोक्ता बताउंछन् । ज्यान जोगाउन मुखमा मास्क, हातमा सेनेटाईजर लगाएर फुटफाथमा तरकारी किन्दै गरेकी स्थानीय गृहिणीले तरकारी र फलफुल राम्ररी धोएर प्रयोग गर्ने गरेको बताउंछीन् ।

मण्डीमा हरेक दिन तरकारी फलफुल आउने गरेको र उपभोक्तालाई सकेसम्म दुरी कायम गराएर फुटफाथमा आफुले भारतीय तरकारी बेच्ने गरेको स्थानीय तरकारी ब्यवसायीको भनाई छ । नगरपालिकाले भारतीय तरकारी नबेच्न नभनेको उनको भनाई छ ।

सिमाबाट भित्रीने गाडी र सवारी चालकबाट जोखिम हुनसक्ने बिषयमा प्रदेश सरकारको ध्यान आकृष्ठ भएको प्रदेश ५ सरकारका कृषि मन्त्री आरती पौडेलले बताउनुभएपनि सरकारले त्यस्ता आयातलाई रोक्न ठोस कदम चाल्न भने सकेको छैन ।

नागरिक आउंदा भाइरस आउंछ भनेर डराउने सरकारले अन्य माध्यमबाट पनि भाइरस आउने सम्भावना प्रति चनाखो बन्नै पर्दछ ।

बिगत ९ दिन देखि लकडाउनमा बसेर राज्यको घोषणालाई सघाईरहेका नागरिक अझै केहि दिन गांउघर र स्थानीय उत्पादनमा जे भेटिन्छ त्यहि खाएर लकडाउन पार गर्न तयार हुन पर्दछ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : ५१ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता