२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

बुटवल ब्याडमिन्टन क्लबका खेलाडीद्धारा २ लाख बढी सहयोग



बुटवल । खेलकुदसगै सामाजिक काममा पनि अग्रसरता जनाइरहेको बुटवल ब्याडमिन्टन क्लबका केहि खेलाडी तथा पदाधिकारीहरुले प्रकोप ब्यबस्थापन कोष बुटवल उपमहानगरपालिकालाइ दुइ लाख १७ हजार ८ सय एकहत्तर रुपैया हस्तान्तरण गरेको छ ।

बुटवल ब्याडमिन्टन कर्बडहल माझगाउमा शुक्रबार सम्पन्न एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुवेदी, वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाइ हस्तान्तरण गरिएको क्लबका सचिब शम्भु भटराइले जानकारी दिनुभयो ।

क्लबमा आबद्ध भएका एकसय खेलाडीमध्ये ६० जनाले सयुक्त रुपमा रकम उठाएर प्रकोप ब्यबस्थापन कोष बुटवललाइ हस्तान्तरण गरेको हो । क्लबका सदस्यहरुले कोभिड १९ फाउन्ड बनाएर रकम संकलन गरेका थिए ।

अहिले नेपालमा कोरोनाको सम्भाबित जोखिमबाट बच्न भन्दै सरकारले गरेको लकडाउनका कारण बिभिन्न स्थानीय तहहरुले बिपन्न बर्गहरुलाइ राहत बितरण गर्न भन्दै प्रकोप ब्यबस्थापन कोष खडा गरेको छ । कार्यक्रममा नगरप्रमुख शिबराज सुवेदीले खेलकुदको बिकाससगै सामाजिक काममा पनि मन खुलाएर अग्रसरता जनाएकोमा क्लबका खेलाडीहरुलाइ खुलेर प्रशसा गर्नुभयो ।

यस्तो बिषम परिस्थितिमा पनि युवाहरु एकजुट भएर लाखौ रुपैया संकलन गरी सामाजिक उत्तरदायित्व बोध गरेको भन्दै सबैले आ आफ्नो क्षेत्रबाट सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले संस्थागत रुपमा वडामा ठुलो सहयोग आएको बताउनुभयो ।

बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष रमेश बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा, सचिब शभ्भु भटराइ, दितिय उपाध्यक्ष पंकज ज्ञवाली, कोषाध्यक्ष दलबहादुर खत्री, राजेन्द्र ढकाल, सुरज खत्रि, भानु खत्रि, नारायण प्रसाद घिमिरे, अर्जुन कार्की, शेरबहादुर भण्डारी, आयुषजग कार्की, पत्रकार दिपक न्यौपाने लगायतको उपस्थिती रहको थियो ।

बिस २०६० सालबाट शुरु भएको ब्याडमिन्टन क्लबमा रहेका खेलाडीहरुले यसअघि पनि बिभिन्न सामाजिक काममा सहयोेगको क्रमलाइ निरन्तरता दिइरहेका छन । रुपन्देहीमा सन्चालनमा आएका बिभिन्न ब्याडमिन्टन क्लबहरुमध्ये बुटवल ब्याडमिन्टन क्लब उत्कृष्ट क्लबका रुपमा समेत चिनिदै आएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : १३ बजे

Nepal becomes self-reliant on cornea production, Nepal Eye Bank

KATHMANDU: With the rise in number of eye donors in

कर्णालीको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासन प्राथमिकता

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर

एसियन कप छनोट : नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत