१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सामाजिक दूरी कायम नभएको भन्दै बुटवलले बन्द गरायो कृषि उपज केन्द्र



बुटवल । मापदण्डअनुसार किनमेल नभएको गुनासो आए लगत्तै बुटवल उपमहानगरपालिकाले बुटवल कृषि थाेक बजार केन्द्र बन्द गर्ने भएको छ ।

उक्त केन्द्रको सन्चालक समितिकाे चैत २२ गते शनिबार बसेकाे वैठकको निर्णय अनुसार केन्द्र बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ । हरियाे साग सब्जि तरकारिको सुरक्षित काराेवार गर्ने भन्दै खुला राखिएकोमा हाल उक्त काराेवारमा बढि भिडभाड गरि काराेवार भइरहेकाले बन्द गर्नुपरेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

उपमहानगरपालिकाले सामाजिक दुरि कायम गराउन गरेको पटकपटकको आग्रहसमेत अटेरी गरेकाले चैत २५ गतेसम्मका लागि केन्द्र बन्द गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताउनुभयो । केन्द्रका ब्यबसायिक सटरहरुमा स्थानीय उत्पादनका ताजा तरकारी बिक्रीवितरण हुँदै आएको थियो । भिड बढेपछि तिनै सटरहरु बन्द गर्ने निर्णय गर्दै विभिन्न चोकहरुमा भने सामाजिक दुरी कायम राख्दै ताजा तथा हरियो तरकारी बेचबिखन गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

विभिन्न चोकहरुमा स्थानीय उत्पादनका हरियाे सागपात र तरकारिको बेचबिखनमा सामाजिक दुरी कायम भए नभएको अनुगमन गर्न कृषि विकास शाखा प्रमुख सन्तोष जिसीलाई जिम्मेवारी दिइएको समेत बुटवल उपमहानगरले जनाएको छ । उक्त केन्द्रमा दैनिक करिव ७००-८०० जना ब्यापारीकाे जमघट हुने गरेको पाइएपछि उपमहानगरले बन्द गराएको हो । केन्द्रमा धेरैजसाे छिमेकि मुलुकबाट तरकारी आउने गर्छ ।

बुटवलले यसअघि नै बाहिरबाट आउने सबैखाले तरकारी र सामनमा रोक लगाइसकेको थियो। तर, विभिन्न नाकाबाट लुकिछिपी सामन ल्याउने र भिड जम्मा गर्न थालेपछि उपमहानगरपालिकाले तत्कालै बन्द गराएको हो । स्थान ताेकेर स्थानीय उत्पादनका हरियो तरकारी सुरक्षित रुपमा सामाजिक दुरी कायम गरेर बेचबिखनको व्यवस्था मिलाइएको उपमहानगरले प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उहाँले स्थानीय उत्पादन भएनभएको समेत अनुगमन हुने बताउनुभयो ।

उपमहानगरपालिकाका सबै वडामा राहत वितरणका काम जारी रहेको बताउँदै प्रवक्ता रेग्मीले मनकारीहरुले सहकार्य गरिरहेको पनि बताउनुभयो । बुटवलले दैनिक ज्यालादारीमा जीविकोपार्जनका गर्दै आएका ६ हजार पाँच सय श्रमिकका परिवारलाई राहत प्याकेज घोषणा गर्दै सबै टोलहरुमा वितरण जारी राखेको छ । बुटवलको विपद् व्यवस्थापन तथा राहत कोषमा रकम संकलन हुने क्रम समेत जारी छ । ५० लाख रहेको उक्त कोषमा विभिन्न संघसंस्था तथा नागरिक अगुवाहरुले दुई दिनमा झण्डै आठ लाख रकम जम्मा गरेका छन् ।

तामनगरमा व्यवस्थित क्वारेन्टाइन

यसैबीच बुटवलले वडा नम्बर १२ को तामनगरमा रहेको कोरिया-नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी कलेजको उपयुक्त भवनमा ५० वेडको व्यवस्थित क्वारेन्टाइन निर्माण गरेको छ । भोजनालय, आबाँस तथा शौचालय र ज्वरो क्लिनिक सहितको प्राथमिक स्वास्थ्य सेवासमेत उपलब्ध गराउने गरि क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिनुभयो । बुटवलका विभिन्न स्थानमा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । जहाँ शुक्रबार मात्रै करिब ६१ जनाले परीक्षण गराएको स्वास्थ्य शाखाका अधिकृत कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा शनिबार पनि फिवर क्लिनिक सञ्चालन गर्ने तयारी भइरहेको सिंहले जानकारी दिनुभयो ।

कोरोना विशेष अस्पतालमा आइसीयू थपिँदै

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल धागो कारखानाको खाली भवनमा सञ्चालनमा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा १० वटा आइसीयू वेड थप गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

त्यहाँ गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले प्राविधिक सहयोग र सहकार्य गरिरहेको प्रादेशिक अस्पतालका अध्यक्ष तथा कोरोना विशेष अस्पताल सञ्चालन एवम् समन्वय कार्यदलका सहसंयोजक सूर्यबहादुर भट्टराईले जानकारी दिनुभयो ।

उहाँले दुई दिन भित्रमा सञ्चालनमा ल्याउनेगरि काम भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ४ : ०३ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण