८ चैत्र २०८२, आइतबार | March 22, 2026

न्युयोर्कमा दुई नेपालीको मृत्यु



न्युयोर्क । न्युयोर्कमा ४० बर्ष कटेका दुईजना नेपालीको घरभित्रै मृत्यु भएको छ ।

मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन बिष्टको मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिनुभयो ।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए भने उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ ।

फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको शव प्रहरीले लगेर गएको र उनका कुनै आफन्तहरु अमेरिकामा नभएका कारण त्यसपछि अवस्था अज्ञात रहेको खसोखासले लेखेको छ ।

त्यस्तै झण्डै १९ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेन बिष्टको पनि सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो । विगत एकसातादेखि बिरामी रहेका उनले शव पनि प्रहरीले लगेर दाहसंस्कार गरिसकेको जनाइएको छ । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

विष्टको हिजो विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर प्रहरी आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । कहिले राम्रो हुने कहिले स्थीति एकदम नराम्रो हुने गरेकोमा अस्ती बेलुका खाना समेत खान नसकेको जनाइएको छ । बिष्ट न्युयोर्कको सन्नीसाइडमा बस्दै आएको मुस्तांग किदुगको पूर्व अध्यक्ष नोर्बु बिष्टले जानकारी दिनुभयो ।

उनी पनि कोरोना संक्रमणबाट मृत्यु भएको अनुमान गरिएको छ तर रिपोर्ट आउन भने बाँकी रहेको छ । थोंग्वेन पनि झण्डै ४० बर्षको उमेरका थिए ।

उनको दाहसंस्कारमा उनका दाजु र समुदायका अन्य व्यक्तिलाई पनि सहभागी हुन नदिइएको जनाइएको छ । थोंग्वेन का दुईवटा छोरा र श्रीमति काठमाडौंमा बस्दै आएका छन् ।

मृतक दुबैजना नेपाली नागरिक भएको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : १९ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ