८ चैत्र २०८२, आइतबार | March 22, 2026

चीनले अमेरिकालाई सहयोग गर्‍यो १ हजार थान भेन्टिलेटर



एजेन्सी । कोरोना भाइरसको संक्रमणलाई आश्चर्यजनकरुपमा नियन्त्रणमा लिएको चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ । १ हजार थान भेन्टिलेटर चीनले पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना संक्रमणको अवस्था संसारमै अमेरिकामा सबैभन्दा धेरै भएपछि चीनले उपचारका लागि सहयोग गर्न सुरु भएको छ । अमेरिकामा भेन्टिलेटरको अभावमा उपचारसमेत प्रभावित भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै न्युयोर्क राज्य प्रभावित भएको छ । त्यहाँका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म अमेरिकामा ३ लाख २२ हजार ६ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये ८ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ । १४ हजार ८ सय २५ जना उपचारपछि घर फर्किएका छन् ।

ज्यान गुमाउनेमध्ये ३ हजार ५ सय ६५ जना न्युयोर्कका हुन् । न्युयोर्कमा मात्रै १ लाख १४ हजार ७ सय ७५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १० : ४९ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded