२० श्रावण २०८३, बुधबार | August 5, 2026

राहत वितरण गर्दै समाजवादी नगरअध्यक्ष जैसवाल



भैरहवा । समाजवादी पार्टी सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जैसवालले नगरका विभिन्न वडामा विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपालले पनि लकडाउनको घोषणा गरेको र लकडाउन पालना गर्ने क्रममा विपन्न परिवार मारमा परेकोले राहत सामाग्री वितरण गरिएको जैसवालले बताए ।

“मानवताको धर्म अनुसार कमाएको केही अशं विपन्न परिवारलाई सहयोग गर्नुपर्छ, त्यही अनुसार नगरको १३ वटै वडामा राहत सामाग्री वितरण गरिनेछ, उनले भने ।” उनले दैनिक उपभोग्य सामाग्री चामल, भुजा र सोयाबीन वितरण गरिएको बताए । हालसम्म वडा नम्बर १, २, ६ र ११ मा २२५ परिवारलाई राहत सामाग्री वितरण गरिएको जैसवालले जानकारी दिए ।

नगर अध्यक्ष जैसवालको अगुवाईमा नगरका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको समाजवादी पार्टी सिद्धार्थनगरका सचिव राममिलन यादवले बताए ।

यस्तो कठिन परिस्थितिमा विपन्न नागरिकको घरदैलोमा पुगेर राहत वितरण गर्नु सराहनीय रहेको समाजवादी पार्टी प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक सन्तोष कुमार पाण्डेयले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : २७ बजे

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा

बेनी-जोमसोम सडक रातिमा बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको

बीजक लिन-दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्री गर्दा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय