१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

राहत वितरण गर्दै समाजवादी नगरअध्यक्ष जैसवाल



भैरहवा । समाजवादी पार्टी सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जैसवालले नगरका विभिन्न वडामा विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपालले पनि लकडाउनको घोषणा गरेको र लकडाउन पालना गर्ने क्रममा विपन्न परिवार मारमा परेकोले राहत सामाग्री वितरण गरिएको जैसवालले बताए ।

“मानवताको धर्म अनुसार कमाएको केही अशं विपन्न परिवारलाई सहयोग गर्नुपर्छ, त्यही अनुसार नगरको १३ वटै वडामा राहत सामाग्री वितरण गरिनेछ, उनले भने ।” उनले दैनिक उपभोग्य सामाग्री चामल, भुजा र सोयाबीन वितरण गरिएको बताए । हालसम्म वडा नम्बर १, २, ६ र ११ मा २२५ परिवारलाई राहत सामाग्री वितरण गरिएको जैसवालले जानकारी दिए ।

नगर अध्यक्ष जैसवालको अगुवाईमा नगरका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको समाजवादी पार्टी सिद्धार्थनगरका सचिव राममिलन यादवले बताए ।

यस्तो कठिन परिस्थितिमा विपन्न नागरिकको घरदैलोमा पुगेर राहत वितरण गर्नु सराहनीय रहेको समाजवादी पार्टी प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक सन्तोष कुमार पाण्डेयले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : २७ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त