८ चैत्र २०८२, आइतबार | March 22, 2026

घरघरमा राहत वितरण गर्दै वडाअध्यक्ष यादव



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले वडामा रहेका विपन्न परिवारलाई घरदैलोमा पुगेर राहत सामाग्री वितरण गरेका छन् ।

एकै ठाउँ भीडभाड गरी राहत सामाग्री वितरण गर्दा सामाजिक दुरी हुन नसक्ने भन्दै वडावासीको घरघरमै पुगेर उनले राहत सामाग्री वितरण गरेका हुन् ।कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन पालना गर्ने क्रममा कुनै पनि वडावासी भोकै नरहुन् भन्ने उद्देश्यले घरदैलोमै पुगेर राहत सामाग्री वितरण गरेको वडाअध्यक्ष यादवले बताए ।

समाजवादी पार्टीबाट निर्वाचित यादव सिद्धार्थनगर नगरपालिकाका कान्छा वडाअध्यक्ष समेत हुन् ।“सिद्धार्थनगर नगरपालिकाले यति बेला विभिन्न वडामा राहत बांडिरहेको छ, हामीले पनि यस वडाबाट २९० विपन्न परिवारको सूची बनाएर नगरपालिकालाई बुझाएका थियौं, तर नगरपालिकाले १८० परिवारलाई राहत दिन तयार भएपछि हामीले त्यसलाई अस्वीकार ग¥यौं, उनले भने ।”समाजसेवी, उद्योगी, व्यवसायी तथा वडा सदस्यहरुको सहयोगमा भाडामा बसेका नागरिकलाई पनि खाद्यान्न सामाग्री वितरण गरिएको उनले बताए ।

५ केजी चामल, १ प्याकेट नुन, १ केजी आलु, आधा किलो प्याज, बोडी, सोयाबीन र साबुन विपन्न परिवारलाई वितरण गरिएको उनले जानकारी दिए । एक महिनामा तीन पटक राहत वितरण गरिने र जसमध्ये प्रथम चरणमा २५० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको उनले बताए ।

मुलुक ठप्प भएको बेला समस्यामा रहेका विपन्न नागरिकलाई घरदैलोमै पुगेर राहत सामाग्री वितरण गर्नु प्रशसंनीय रहेको स्थानीय राजन शुक्लाले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : ३७ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ