४ पुस २०८२, शुक्रबार | December 20, 2025

एक व्यक्तिद्धारा नेपाल अपाङ आश्रमलाई नगद १ लाख २० हजार ३ सय रुपैया सहयोग



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपाङ आश्रमलाई तिलोत्तमा एक व्यक्तिले नगद सहयोग गर्नुभएको छ ।

विगत २४ बर्ष देखि बेलायतमा रोजगारीको सिलसिलामा बस्दै आउनुभएको तिलोत्तमा नगरपालिका वडा नं. ८ का यदुलाल पौडेलले आश्रमलाई नगद १ लाख २० हजार ३ सय रुपैया सहयोग गर्नुभएको हो ।

दशैपछि बेलायत पुग्नुभएको उहाले त्यहाँ रहेका नेपालीहरु संग उठाएको रकम आश्रमलाई आईतबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो । उक्त रकम आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई यदुलाल पौडेल र उहाका छोरा सुनिल पौडेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

आश्रमको अवस्था देखेपछि बेलायतमा रहेका नेपालीहरुबाट रकम उठाएर आश्रमलाई सहयोग गर्न पाएकोमा उहाले आफु हर्षित भएको र आगामी दिनमा पनि अझ बढि सहयोग गर्ने बताउनुभयो ।

केही बर्ष अघि मणिग्रामको आत्मशान्ति अनाथ आश्रमलाई १ लाख ७७ हजार रुपैया सहयोग गरेका यदुलाल पौडेलले आश्रममा हस्तान्तरण गरेको रकम पारदर्शीताका साथ खर्च गर्न आग्रह समेत गर्नुभयो ।

आश्रममा अध्यक्ष डोल बहादुर रामदामले आश्रमलाई सहयोग गरेको रकम अक्षयकोषमा राख्ने बताउनुभयो । आश्रममा ३१ जना विभिन्न अपाङगता भएका बालबालिकाहरु रहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको