५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बुटवलका सडकहरू डिसइन्फेक्सन बनाइँदै



बुटवल । (कोभिड-१९) कोरोना भाइरस विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा “क्लोरिन” तथा “ब्लिचिङ पाउडर”सहितको किटाणु नाशक स्प्रे छर्किएको छ ।

सहरका मुख्य सडकहरूलाई “डिस्इन्फेक्सन (Disinifectant)” गराउने काम स्वरुप स्प्रे गर्न थालिएको हो । भएको हो । उपमहानगरपालिकाले नगरभित्रका वाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्ने काम सुरु गरेको हो ।

नगरबासीलाई लकडाउनको पालना गर्न सार्वजनिक अपील जारी गर्नुका साथै उपमहानगरपालिकाले नगर भित्र रहेका ३० फुटे सबै सडकमा डिसइन्फेक्सन बनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । ब्लिचिङ पाउडर र क्लोरिन झोलयुक्त विषादीलाई मान स्वास्थ्यमा असर नपर्ने भन्दै विज्ञहरूले सिफारिस गरिसकेका छन् ।

तीन दिनमा उपमहानगरपालिका भित्रका सबै सडकमा उक्त क्लोरिन छरि सकिने र राहत वितरण संगै सार्वजनिक अपील पनि गरिने प्रमुख सुवेदीले जानाकारी दिनुभयो । सडक किनारमा टाँसिएर रहेका भाईरस मर्ने, किटाणु नाश हुने र सरसफाइमा समेत चासो बढ्ने प्रमुख सुवेदीको विश्वास छ ।

उपमहानगरले दमकल प्रयोग गरेर एकपटकमा ४५ सय लिटर औषधि छर्किरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो । दमकलमा राखेर सडक र पेटीमा छर्किने र संगसंगै सार्वजनिक सन्देश पनि प्रवाह गरिएको शर्माले बताउनुभयो । उपमहानगरपालिकाले विशेषज्ञको सिफारिसमा डिसइन्फेक्सनको झोल छर्किएको र सबै वडामा पुर्‍याइने बताएको छ ।

पहिलो चरणमा ४ लाख ६८ हजार लिटर क्लोरिन छर्कने र अपुग भएको अवस्थामा थप क्लोरिन ल्याएर सडकमा छर्कने काम भइरहेको जनस्वास्थ्य महाशाखाका शाखा अधिकृत कुन्दनकुमार सिंहको भनाई छ ।

चिडिया चौकीदेखि योगिकुटी सिमानासम्म, मिलनचोकदेखि बाणिज्य क्याम्पस बेलबास पुलदेखि १४ नंं वडा कार्यालय, भुड्की चोकबाट बेसक्याम्प, कृषि उपज केन्द्रबाट योगिकुटी कालिकापथसम्म औषधि छर्किइने उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । दोस्रोचरणमा अरु वडाहरुमा टोली परिचालन गरिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ०३ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको