८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रदेश ५ को कृषि मन्त्रालयले भन्यो५/१० किलोको पोका बनाएर कृषि जन्य उपज बेचौ, भिडभाड नगरौ



बुटवल । लक डाउनको कारण उत्पादन भएका विभिन्न कृषि जन्य बस्तु विक्रि वितरणका लागि प्रदेश ५ सरकारले सहजीकरण थप गर्ने भएको छ ।

आईतबार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ मा तरकारी किसान, दुग्ध किसान, दाना जन्य व्यवसायीहर, डेरी व्यवसायीहरुको विचमा भएको छलफलमा किसानहरुलाई सहज रुपमा कृषि जन्य बस्तु विक्रि वितरणका लागि सहजीकरण गर्ने सहमती भएको हो ।

प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको अध्यक्षतामा बसेको बैठकले खासगरी तरकारी जन्य उत्पादनहरु संभव भए सम्म किसानहरु आफैले नै उपभोक्ताहरुको घर घर मा पुर्याउने, संभव नभएमा व्यवासयीहरुले ५ देखि १० किलोको परिणाम बनाएर विक्रि वितरणका लागि सहजीकरण गर्ने गरी सहमती भएको हो ।

यसको साथै तरकारी, दुग्धजन्य बस्तु, अण्डा, मासु, दाना लगायतका बस्तु ढुवानी सहजीकरणका लागि प्रयोग हुने साधानको लागि मन्त्रालयले विशेष सहयोग गर्ने जनाएको छ ।

यस्तै थोक व्यवसायीहरुले खुद्रा व्यवसायीहरु कहा लैजानको लागि यातायाताको साधान व्यवस्था गर्नको लागि मन्त्रालयले सहजीकरण गर्ने समेत निर्णय भएको छ ।

यस्तै बैठकमा कुनै पनि किसान वा व्यवसायीहरुले तरकारी जन्य उत्पादन, माछा मासु, च्याउ लगायतका बस्तु ढुवानी गर्ने साधानको विषयमा मन्त्रालयमा जानकारी दिने यसको विषयमा सम्बन्धीत मन्त्रालय मतहतमा रहेको कृषि विकास निर्देशनालय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय, ज्ञान केन्द्र, विज्ञ केन्द्रले सहजीकरण गर्ने निर्णय भएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेज बहादुर सुवेदीले जानकारी दिनुभयाे ।

२ वटा चरणमा भएको बैठकमा कृषि विकास निर्देशनालय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनलय प्रमुख, बुटवल कृषि उपज थोक बजार सञ्चालक समिति अध्याक्ष तथा पदाधीकारीहरु, दाना व्यवासयी, तरकारी तथा च्याउ किसान, मासु, अण्डा तथा दाना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : ४२ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded