२० श्रावण २०८३, बुधबार | August 5, 2026

कपडा तथा सिलाई व्यवसायीद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण



बुटवल । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देही र बुटवल उपमहानगर समितिले आईतबार कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका विपन्न तथा श्रमजिवि नागरिकलाई राहात वितरण गरेको छ ।

बुटवल उपमहानगरभित्र सिलाई पेशा गरेर जीविका चलाएका र दैनिक मजदुरी गरेका बुटवल उपमहानगर वडा न. ८ र ११ का ७५ विपन्न श्रमिक परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा न. ८ मा वडाअध्यक्ष भिम बहादुर श्रेष्ठको उपस्थितीमा ४० परिवारलाई खाद्यान्न वितरण गरिएको छ । प्रति परिवार १० केजी चामल, १ लिटर तेल, २ किलो दाल, एक किलो आलू, आधाकिलो स्वयाविन, १ किलो नून र २ पोका चाउचाउ तिवरण गरिएको संघका अध्यक्ष सुभाष परियारले जानकारी दिनुभयो ।

यसैगरि वडा न. ११ मा वडा कार्यपालिका सदस्य माया दर्नालको उपस्थितीमा ३५ परिवारलाई तिवरण गरिएको छ । दुवै वडामा संघ रुपन्देहीका अध्यक्ष सुभाष परियार, बुटवल उउपमहानगरका अध्यक्ष राजेन्द्र यादव, व्यवसायीहरु सुवर्ण परियार, रमेश आब्जु, तिलक बस्नेत, विष्णु बस्नेत लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : ४४ बजे

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा