७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल महिला जेसिजद्रारा विपन्न परिवारलाइ राहत वितरण



बुटवल । बुटवल महिला जेसिजले गरिव तथा विपन्न परिबारलाई राहत वितरण गरेको छ ।

लकडाउनको समयमा दैनिक मजदुरी गरेर खानेहरु समस्यामा परेको भन्दै बुटवल महिला जेसिजले तिलोत्तमा नगरपालिका वडा नं. २ मा राहत वितरण गरेको हो ।
बुटवल महिला जेसिजकी अध्यक्ष कल्पना पाण्डेले वडा नं. २ का एकता टोल विकास संस्था र माझगाउ टोल विकास संस्थाका २० परिबारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।

दिगो विकास लक्ष्य अन्तर्गतको शुन्य भोकमरी समस्या अन्तरगत बन्धुत्वको भावना र मानवीयताको हिसावले २० परिबारलाई चामल, दाल, तेल, नुन सहयोग गरेको अध्यक्ष कल्पना पाण्डेले बताउनुभयो ।

उक्त राहत वितरण अध्यक्ष कल्पना पाण्डे, पुर्व अध्यक्ष  सिनेटर मञ्जु पराजुली, तिलोत्तमा वडा नं. २ का अध्यक्ष दधिराम गौतम र एकता टोल विकास संस्थाका अध्यक्ष सुरेन्द्र बञ्जाडेको रोहबरमा उनीहरुलाई वितरण गरिएको थियो ।

त्यस्तै जेसिजले तिलोत्तमा दुर्गादुत्त माध्यमिक विद्यालयमा रहेको क्वारेनटाईनमा रहेकी सुत्केरी महिलालाई हर्लिस र क्वारेन्टाईनका लागि आवश्यक सेनेटाईजर र सावुन समेत वितरण गरेको छ ।

त्यस्तै अस्थायी प्रहरी चौकी योगिकुटीमा पनि सेनेटाईजर र सावुन वितरण गरिएको अध्यक्ष पाण्डेको भनाई छ । कार्यक्रम महिमा कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११