८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवल महिला जेसिजद्रारा विपन्न परिवारलाइ राहत वितरण



बुटवल । बुटवल महिला जेसिजले गरिव तथा विपन्न परिबारलाई राहत वितरण गरेको छ ।

लकडाउनको समयमा दैनिक मजदुरी गरेर खानेहरु समस्यामा परेको भन्दै बुटवल महिला जेसिजले तिलोत्तमा नगरपालिका वडा नं. २ मा राहत वितरण गरेको हो ।
बुटवल महिला जेसिजकी अध्यक्ष कल्पना पाण्डेले वडा नं. २ का एकता टोल विकास संस्था र माझगाउ टोल विकास संस्थाका २० परिबारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।

दिगो विकास लक्ष्य अन्तर्गतको शुन्य भोकमरी समस्या अन्तरगत बन्धुत्वको भावना र मानवीयताको हिसावले २० परिबारलाई चामल, दाल, तेल, नुन सहयोग गरेको अध्यक्ष कल्पना पाण्डेले बताउनुभयो ।

उक्त राहत वितरण अध्यक्ष कल्पना पाण्डे, पुर्व अध्यक्ष  सिनेटर मञ्जु पराजुली, तिलोत्तमा वडा नं. २ का अध्यक्ष दधिराम गौतम र एकता टोल विकास संस्थाका अध्यक्ष सुरेन्द्र बञ्जाडेको रोहबरमा उनीहरुलाई वितरण गरिएको थियो ।

त्यस्तै जेसिजले तिलोत्तमा दुर्गादुत्त माध्यमिक विद्यालयमा रहेको क्वारेनटाईनमा रहेकी सुत्केरी महिलालाई हर्लिस र क्वारेन्टाईनका लागि आवश्यक सेनेटाईजर र सावुन समेत वितरण गरेको छ ।

त्यस्तै अस्थायी प्रहरी चौकी योगिकुटीमा पनि सेनेटाईजर र सावुन वितरण गरिएको अध्यक्ष पाण्डेको भनाई छ । कार्यक्रम महिमा कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ५० बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु