२० श्रावण २०८३, बुधबार | August 5, 2026

प्रतिमान–नीमाद्वारा विपद् व्यवस्थापन समितिलाई १५ सय थान मास्क



भैरहवा । प्रतिमान–नीमा स्मृति प्रतिष्ठान, भैरहवाले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई १५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ ।

प्रतिष्ठानले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक महादेव पन्थलाई उक्त मास्क हस्तान्तरण गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै केही भए पनि राहत होस् भन्ने उद्देश्यले समितिलाई मास्क हस्तान्तरण गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताउनुभयो ।

त्यस्तै नाकामा अलपत्र १५४ भारतीयहरु राखिएको प्रतिमान–नीमा कलेजको क्वारेन्टाइनलाई स्यानेटाइज गरिएको के.सी.ले जानकारी दिनुभयो । प्रतिष्ठानले २००३ देखि शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : ४४ बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल