३० असार २०८३, मंगलबार | July 15, 2026

कोरोना भाइरसको आशंकामा २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण , देशभर १ सय ३४ जना आइसोलेशनमा



काठमाडौ । कोरोना भाइरस (कोभिड १९) को आशंकामा बुधवारसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण भएको छ ।

काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ९ सय ६५ र उपत्यका बाहिर ४ सय एक जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो ।

नियमित पत्रकार सम्मेलन गर्दै नमुना परीक्षण गरेकामध्ये ९ जनामा कोरोनाको पुष्टि भएको र ती मध्ये एक जना उपचार पछि निको भइसकेका जनाएको छ । ८ जनाको अहिले उपचार भइरहेको छ । अहिले १ सय ३४ जना आइसोलेशनमा उपचाररत रहेका स्वास्थ्य मन्त्तालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ जना आइसोलेशनमा उपचाररत छन् । यस्तै देशभरका क्वरेन्टीनमा अहिले ८ हजार ५ सय ८० जना जना रहेका पनि प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो ।

यस्तै कार्यविधि बनाएर देशभरका सबै ठाउँमा कोरोना रोकथामका लागि काम भइरहेको जानकारी उहाँले जानकारी गराउनुभयो । कोभिड १९ को रोकथामका लागि आवश्यक तयारी, पूर्व रोकथाकमा लागि अपनाउनुपर्ने उपाय, कोरोना सङ्क्रमितको उपचार तथा उनीहरुको निधन भएमा कसरी दाहसंस्कार गर्ने भन्ने बारे कार्यविधि बनाएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बलको असपतालमा बिरामीलाई राख्ने तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो । कोरोनाको बढी जोखिम रहेका कैलाली, कञ्चनपुर र बाग्लुङबाट १९८ जनाको नमुना संकलन गरिएको छ ।

उनीहरुको स्वाब र र्यापिड किटमार्फत नमुना संकलन गरी परीक्षणका लागि काठमाडौ ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, लकडाउनमा पनि केही ठाउँमा भिडभाड र मेला भइरहेको गुनासो आएकाले संकटको यो बेला भिडभाड नगर्न र नगराउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सम्बन्धित पालिकाहरुलाई भिडभाड नगर्न र नगराउन कडाईका साथ अनुगमन गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : ४७ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित