१० भदौ २०८३, बुधबार | August 26, 2026

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख (पूर्णपाठ)



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको छ । आजदेखि प्रारम्भ भएको नगरसभामा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट प्रस्ताव गरेका छन् ।

नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर प्रमुख विष्टले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्ताव गरेका छन् ।

नगर प्रमुख बिष्टले प्रस्ताव गरेको बजेट अंकमा संघ र प्रदेशबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदान रकम रु. ७६ करोड ४८ लाख ५० हजारसमेत समावेश रहेका छन् । प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ २५ करोड अनुमान गरिएको छ भने घरजग्गा रजिष्ट्रेशनतर्फ १४ करोड अनुमान गरिएको छ । यस्तै चालूतर्फ ४२ करोड २५ लाख ५० हजार, वडा कार्यालयलाई २१ करोड, नगर स्तरीय तथा प्रवर्द्धनात्मकतर्फ १९ करोड ९० लाख, विषयगत शाखालाई ८ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ ।

बजेट अघि नगर प्रमुख विष्टले नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नेपालगन्जमा उपप्रमुख पद रिक्त रहेका कारण नीति तथा कार्यक्रम र बजेट दुबै नगर प्रमुख बिष्टले प्रस्तुत गरेका हुन् । जसपाबाट निर्वाचित उपप्रमुख कमरुद्धिन राई गत संसदीय निर्वाचनमा उपप्रमुख पद त्याग गरि उम्मेदवार बनेका थिए ।

नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी, उद्योग, व्यापार तथा व्यवसाय, पर्यटन, भूमी व्यवस्था तथा सहकारी, श्रम, रोजगार तथा गरिवी निवारण, स्वास्थ्य तथा पोषण, आयुर्वेद तथा खानेपानी, शिक्षा, महिला, बालबालिका तथा सामाजिक समावेशीकरण, आवास, भवन तथा बस्ती विकास, भौतिक पूर्वाधार, यातायात, विद्युुत तथा स्वच्छ उर्जा, वन, वातावरण संरक्षण, फोहोरमैला तथा ढल व्यवस्थापन, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, सुशासन तथा सेवा प्रवाह, राजश्व तथा स्रोत परिचालन, तथ्यांक, योजना र विकास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले बताए ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  २ : ३४ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक