१३ भदौ २०८३, शनिबार | August 29, 2026

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार



बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार हुने गरेको खुलासा भएको छ। बुटवलको स्वास्थ्य क्षेत्रको मुख्य व्यवसायिक क्षेत्र मानिने अस्पताल लाइनमा रहेको एउटा फार्मेसीबाट लामो समयदेखि नक्कली औषधीको कारोबार हुने गरेको खुलासा भएको हो ।

अस्पताल लाइनमा सञ्चालित सैनामैना हेल्थ सेन्टरबाट लामो समयदेखि नक्कली तथा प्रतिबन्धित औषधीको कारोबार हुने गरेको प्रहरीले फेला पारेको हो । फर्मेसीबाट नक्कली औषधीको कारोबार हुने गरेको अभियोगमा प्रहरीले फार्मेसीका सञ्चालक बिष्णु जिसीलाई नियन्त्रणमा लिएको छ । नक्कली औषधी बेचबिखन गरिरहेको सूचनाका आधारमा प्रहरीले फार्मेसीमा छापा मारेर जिसीलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले उक्त हेल्थ सेन्टर र त्यसको गोदाममा आकस्मिक छापा मारेको थियो । पक्राउ परेका व्यवसायीले उपभोक्ता र बिरामीका आफन्तलाई आकर्षित गर्न बजार मूल्यभन्दा निकै कम मूल्यमा औषधी बिक्री गर्दै आएका थिए । बिरामीका आफन्तले सस्तो पाउने लोभमा त्यहाँबाट औषधी खरिद गर्ने गरेको र त्यही आडमा नक्कली औषधीको ठुलो सञ्जाल चलाइएको सुचनाका आधारमा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।

डीएसपी श्रीवास्तवका अनुसार औषधीको शंकास्पद मूल्य र व्यापारिक शैलीलाई लिएर आएका विभिन्न गुनासाका आधारमा प्रहरीले उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखेको थियो । Seroflo 250 Rotacaps नामक श्वासप्रश्वास सम्बन्धी औषधि बरामद गरिएको प्रहरीको भनाई छ । उक्त औषधी मुख्यतः दम (Asthma) र क्रोनिक अबस्ट्रक्टिभ पल्मोनरी डिजिज (COPD) का बिरामीहरूमा सास फेर्न सहज बनाउनका लागि प्रयोग गरिन्छ ।

प्रहरीले छापा मार्ने क्रममा फार्मेसी र गोदाममा लुकाएर राखिएको अवस्थामा ठुलो परिमाणमा शंकास्पद औषधीहरू फेला पारेको बताईएको छ ।

बरामद गरिएका कतिपय औषधीहरूको आधिकारिक खरिद बिल बिजक समेत फेला नपरेपछि सो सम्बन्धमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको डीएसपी श्रीवास्तवले बताए ।

प्रहरीले पक्राउ परेका औषधी व्यवसायीमाथि औषधि ऐन र जनस्वास्थ्य विरुद्धको कसुर अन्तर्गत कानुनी प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ । बरामद गरिएका औषधीहरूको गुणस्तर र रासायनिक अवस्था पत्ता लगाउन परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय मार्फत प्रयोगशालामा पठाउने तयारी भइरहेको डीएसपी श्रीवास्तवले बताए ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ५ : ४८ बजे

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका