४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रकोप व्यवस्थापन कोषमा लुम्बिनी वाणिज्य क्याम्पसको एक लाख चौतिस हजार सहयोग



बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले स्थानीय सरकारले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।

क्याम्पसका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुको एक दिनको तलब बराबरको एक लाख चौतिस हजार तीन सय एक्काइस रुपैया सत्र पैसा बुटवल उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको हो ।

सहयोग रकम शुक्रवार क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्याय, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समिति अध्यक्ष उपप्राध्यापक द्वारिका प्रसाद गौतम र कर्मचारी संघ इकाई समिति अध्यक्ष लक्ष्मी पोखरेलले संयुक्त रूपमा बुटवल उपमहानरपालिका नगर प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो ।

विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले क्याम्पसको तर्फबाट सम्पूर्ण प्राध्यापक तथा कर्मचारीको एक दिनको तलब बराबरको रकम सहयोग गरिएको क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले बताउनुभयो ।

त्यस अवसरमा नगर प्रमुख शिवराज सुवेदीले सबैको सामूहिक प्रयासले मात्रै कोरोना संक्रमणको जोखिमका साथै अन्य जुनसुकै प्रकोपको क्षति कम गर्न सकिने बताउँदै शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेलेको लुम्बिनी वाणिज्य क्याम्पसले यो विपदमा पनि सहयोग रकम हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको