१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि



बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता २०८२’ को उपाधि क्षितिज थापाले जितेका छन् । मोफसलकै उच्च पुरस्कार राशिको मानिएको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघ र रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा विभिन्न ६ तौल समूहमा ७० जना खेलाडीहरूको सहभागिता रहेको थियो । थापाले ६९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

५५ केजी तर्फ लुम्बिनी (रुपन्देही) का सुनिल आले प्रथम, सागर बीके दोस्रो र अर्जुन भट्ट तेस्रो भए । ६० केजी समूहमा बागमती (भक्तपुर) का सुरेश दुवाल प्रथम, लुम्बिनीका राजेन्द्र सुनार दोस्रो र कोशीका धर्मराज खापुङ तेस्रो स्थानमा रहे ।
६५ केजीमा लुम्बिनी (रुपन्देही) का नमराज डुम्रे प्रथम, योगेश गुरुङ दोस्रो र नामगेल लामा तेस्रो भए । ७० केजी समूहमा लुम्बिनीका माधव सुवेदी पहिलो, अनिश रसाइली दोस्रो र सुसन श्रेष्ठ तेस्रो भए । ७० केजीमाथिको समूहमा बागमती (काठमाडौं) का क्षितिज थापा प्रथम, दीपजंग रोका मगर दोस्रो र सुरज डंगोल तेस्रो स्थानमा रहे ।

प्रत्येक समूहका विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

महिला एथलेटिक फिजिकतर्फ बागमती (काठमाडौं) की शिला ठकुरीले उपाधि जित्दै नगद ३० हजार रुपैयाँसहित ट्रफी हात पारिन् । लुम्बिनी (रुपन्देही) की चुनकुमारी पुन दोस्रो र रविना कुँवर तेस्रो भइन् । उनीहरूले क्रमशः १५ हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेताहरूलाई लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठ, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका सचिव दिनेश राजभण्डारी तथा बुटवल उपमहानगरपालिकाका खेलकुद विकास समिति संयोजक बोनिन पियालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शहीद धर्मभक्त माथेमाको तस्बिरमा माल्यार्पण गर्दै गरेका थिए । उनले बुटवल उपमहानगरपालिका खेलकुद विकासमा निरन्तर सक्रिय रहेको र अन्य पालिकाको तुलनामा बढी बजेट विनियोजन गरिएको बताए ।

संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले प्रतियोगिता केवल खेल कार्यक्रम मात्र नभई बुटवलको ऐतिहासिक पहिचान, लुम्बिनीको गौरव र नेपाली खेलकुद विकाससँग जोडिएको बताए। साथै ‘रामपिथेकस’ मार्फत लुम्बिनी प्रदेशको ऐतिहासिक तथा वैज्ञानिक महत्व उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ५ : ०० बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो