१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

प्रभु बैक का विभिन्न शाखा मार्फत स्थानिय निकायमा सहयोग



भैरहवा । प्रभु बैक लिमिटेडले प्रदेश ५ का बिभिन्न शाखाहरु मार्फत स्थानिय निकायहरुले स्थापना गरेको कोरोना बिपद ब्यबस्थापन कोषमा ७ लाख रुपैया तथा खाध्यान्न प्रदान गरेको छ ।

बैकले प्रदेश ५ का बिभिन्न १२ वटा शाखाहरु मार्फत सम्बन्धित स्थानिय तहलाइ नगद तथा खाध्यान्न सामाग्री हस्तान्तरण गरेको हो । सोहि अबसरमा धकधइ शाखाले रोहिणी गाउपालिकाको बिपद ब्यबस्थापन कोषमा सामाजिक उत्तरदायित्व अन्तर्गत पचास हजार प्रदान गरेको हो ।

बैक का प्रदेश शाखा प्रमुख सुभाष कुवर र धकधइ शाखा प्रमुख नम्रता पाण्डेले रोहिणी गाउपालिकाका प्रमुख सनोज कुमार यादबलाइ ५० हजार बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । सो अबसरमा गाउपालिका प्रमुख यादबले बिपदको समयमा सबै एकजुट भएर कोरोना रोकथाममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

बैक का प्रदेश ५ प्रमुख सुभाष कुवरले स्थानिय तहसँगै हातेमालो गर्ने उद्धेश्य अनुरुप बैंकले सम्बन्धित स्थानिय तहमा नै नगद तथा खाध्यान्न सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको बताउनुभयो ।

यसैबिच मणिग्राम शाखाबाट पनि तिलोत्तमा नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा बैंकले एक लाख रुपैया प्रदान गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : ५८ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त